ताजा समाचार

वरिष्ठ किसान स्वमसेवक अभिमुखिकरण लहानमा

  • मंसिर २५, २०८०
  • १०४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २५ मंसिर सिरहाको लहान मडवारी सेवा सदनमा केयर नेपालको सहयोगमा राष्ट्रिय कृषक समुह महासघको आयोजनामा र सिरहाको धनगढीमाई न.पा. लक्ष्मीपुर पतारी , सखुवानन्कारकट्टी, भगवानपुर गाउँपालिका, सप्तरीको रुपनी र अग्नीसाइर कृष्णासवरन गा.पा.को सवन्वयमा स्वाभिमानित मर्यादित र सम्मानित किसान महासंघको सरोकार सेवामा पहुच र नितिगत तहमा प्रतिनिधित्व हाम्रो अधिकार मुल नाराका साथ कृषि पथ सम्बन्धि वरिष्ठ किसान स्वमसेवक अभिमुखीकरण कार्यक्रम सबै पालिका बाट २९ जना उत्कृष्ट किसानको सहभागितामा सम्पन्न भएका छन। 

हालको कृषि क्षेत्रको अबस्था हेर्दा किसान शिक्षा जनचेतनाको अभावमा मापदण्ड बिपरित रासायनिक बिषादीको प्रयोगले खेत र पेट दुबै बिरामीको अवस्थामा छ। ८५% माटो बिरामी भैसकेको छ। लगानी धेरै उत्पादन कम हुदै गैरहेको छ। जनसंख्या बढ्दो क्रममा छ भने उत्पादन घटदो क्रममा छ। यी सबै समस्यालाई मध्यनजर गर्दै महासंघले खाद्यान्न संकट देशमा आउन नदिन बिभिन्न कार्यक्रम हरु जस्तै जैविक खेती, करार खेती, एक घर एक प्राविधिक,किसान परिचय पत्र लगायत यस क्षेत्र संग सम्बन्धित थप बिभिन्न कार्यक्रमहरु अगाडी बढाउने क्रममा यो महत्वपूर्ण अभिमुखिकरण महासंघले ल्याएका छ्न।

यस कार्यक्रममा सहभागी भएका सम्पुर्ण वरिष्ठ किसान स्वम सेवक लाई पुर्ण तैयारीका साथ आ आफ्नो कार्य क्षेत्रमा सजिलै आफ्नो काम आफै गर्ने र अरुलाइ पनि सजिलै गर्न सिकाउने उद्देश्यले यसतो अभिमुखिकरण सन्चालनमा ल्याएको जानकारी महासंघ केन्द्रिय उपाध्यक्ष अमिरलाल यादवले दिएका छन।

प्रतिक्रिया दिनुहोस

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सुखीपुरमा १९ करोड १५ ...

रहमुल, लहान, २२ असोज । सिरहाको सुखीपुर नगरपालिकामा संघीय सरकारको रु. १९ करोड १५ लाखको लागतमा निर्माण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤