Siraha Times
ताजा समाचार

दुर्घटना नियन्त्रण गर्न सडकमा उत्रिए गा.पा. अध्यक्ष यादव सहयोग पायो जिल्ला ट्राफिक प्रहरीको

  • मंसिर २०, २०८०
  • १८५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २० मंसिर । सिरहाको नवराजपुर गाउँपालिकाको हुलाकी सडक खण्ड अन्तर्गत पर्ने जगतपुर, फुलवरीया, देवनगर मोड, सोनबर्षा, लगायत नडगी चौक सम्मको क्षेत्रमा मोटरसाइकल दुर्घटनामा परेर धेरैले ज्यान गुमाइ सकेको घटनालाई मध्यनगर गर्दै गा.पा. अध्यक्ष शिवउदगार यादव नेतृत्वको स्थानिय सरकारले स्थायी ट्राफिक पोस्ट स्थापना गरी दुर्घटना नियन्त्रण गर्न ट्राफिक प्रहरी सहित सडकमा उत्रेका छन ।

हुलाकी सडक मोटरसाइकल चालकको लागी चिप्लो र सुलभ अरामदायी सडक भएको कारण तिब्रगती मा.पा.से. को कारण दुर्घटनामा वृद्धि भएको पुस्टि भए पछि आफ्ना नागरिक खास गरी युवा बचाउन अध्यक्ष यादवको पहल रहेको देखिन्छ। तर यस्तै ब्यबस्थापन सहित अरु अरु पालिकाले गर्न सके धेरै जनाको ज्यान जोगिन्छ भने प्रष्ट भएको छ। हुलाकी सडक खण्डमा रहेका मध्ये धेरै नागरिकलाई ट्राफिक नियम सम्म थाहा छैन। बिगत १० दिन अगाडी शुरु भएको ट्राफिक गतिविधिले ५०% दुर्घटनामा सुधार भएको अबस्था छ।

प्रतिक्रिया दिनुहोस

कृष्णनगरको भन्सार ना ...

कपीलवस्तु, बैशाख ६ । कपिलवस्तु जिल्लाको कृष्णानगर भन्सार नाकामा चेकजाचमा कड़ाई गरिएको छ । सरकारले भन ...

वीरगन्जको मेनरोड विस ...

विनोद अविरल, ​ वैशाख ६ मधेश प्रदेश । ​वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको प्रक्रिया अगाडि बढेको छ ...

सिरहामा “सबल बालिका ...

ओम प्रकाश यादव लहान बैशाख ६ । सिरहा जिल्लाको अर्नमा गाउँपालिका–५ मा सञ्चालन भइरहेको “सबल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१