वडा प्रहरी कार्यालय बिर्ताका घुमुवा यादवको आतंक

  • मंसिर १६, २०८०
  • ७५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज १६ मंसिर । वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी हवलदार (घुमुवा) अनिरुद्ध प्रसाद यादवका कारण सार्वसाधारण आतंकित बन्न पुगेको गुनासो बढन थालेको छ । वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटीले सर्वसाधारणको शान्ति सुरक्षा र अमन चैनका लागि क्यूआरटी घुमुवाको रुपमा यादवको नेतृत्वमा टोली खटाए पनि उनले आफ्नो पदको दुरुपयोग गर्दै सर्वासाधारणलाई आतंकित पार्ने काममा अगाडि बढाएको स्थानियहरुले गुनासो गरेका छन् ।

घुमुवाको रुपमा खटेका प्रहरी हवलदार यादवले सिमावर्ती क्षेत्र छपकैया, ईनर्वा, नगवा लगायतका स्थानहरुमा पुगी तस्करहरुबाट महिनवारी असुली गरिरहेको स्थानियहरुले गुनासो गरेका छन् । वीरगंजको ईनर्वा भन्सार, ईनर्वा गाउँ, नगवा लगायतका स्थानहरुबाट प्रत्येक दिन कबाड, रक्सी लगायतका सामग्रीहरु भारततर्फ तस्करी हुदै आएको छ, भने भारतबाट हाडवेर्यर, कपडा, किराना सामग्री, भैसी पाडा लगायतका सामग्रीहरु तस्करीको माध्यमबाट नेपाल आईरहेको छ ।

वीरगंजको यी नाकाहरुबाट सर्वसाधारणहरुले आफ्नो घर खर्चको लागि एक बोरा चामल तथा घरायसी सामग्रीहरु ल्याउदा हवलदार यादवले बिना पैसाको कसैलाई आउन नदिने गरेको स्थानियहरुले गुनासो गरेका छन् । उनले भारतको रक्सौल लगायतको बजारहरुबाट घरायसी सामग्री लिएर आउदा सर्वसाधारणहरुलाई रोकी चेकजाँचको बहानामा समातेर लग्ने, थुनी दिने लगायतका घुर्कीहरु देखाउदै रु. ५० देखि १ हजार सम्म लिने गरेको स्थानिय प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

त्यहि नाकाबाट तस्करी गर्ने तस्करहरुसँग साठगाठ गरी लाखौंको सामग्रीहरु ल्याउदा कुनै रोकटोक नगर्ने गरेको जनाईएको छ । तस्करहरु सँग मासिक रुपमै नजराना लिने गरेको कारण तस्करहरुलाई छुट दिएको एक तस्करले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन् ।

घुमुवाको रुपमा खटेका प्रहरी हवलदार यादव बिगत केही महिना पहिला प्रहरी चौकी सिर्सियामा हुँदा त्यहाँ पनि घुमुवाकै रुपमा खटेका थिए । हवलदार यादव जिल्ला प्रहरी कार्यालय पर्सामा रहेका एक जना बरिष्ठ प्रहरी नायब निरिक्षकको आर्शिवादले वडा प्रहरी कार्यालय बिर्तामा पनि घुमुवको जिम्मेवारी पाएको समाचार स्रोतले जनाएको छ ।

हवलदार यादवको काम कारवाही बारे वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक बोगटी र जिल्ला प्रहरी कार्यालयका उच्च पदस्त अधिकारीहरुको साथ र सहयोग भएकै कारण उनी निर्धक्क साथ असुली धन्दामा लागेका छन् । यसतर्फ प्रहरी संगठनको माथिल्लो अधिकृतहरुको ध्यान जान जरुरी रहेको स्थानियहरुको भनाई रहेको छ । घुमुवा यादवको बारेमा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक बोगटी सँग फोन सम्पर्क गरी बुझ्न खोज्दा उनले कार्यालयमै आएर भेटेर कुरा गर्न प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस

सिराहा सेवा समाज कता ...

ओम प्रकाश यादव लहान मंसिर १८ । सिराहा सेवा समाज कतारले आफ्नो १९औँ वार्षिकोत्सवको उपलक्ष्यमा बृहत् रक ...

प्रहरी हवलदार शान्ता ...

कपिलवस्तु, मंसिर १६ । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रागनी कुमार ...

लहानमा लागुऔषध (हिरो ...

ओम प्रकाश यादव लहान मंसिर १६ । सिरहाको जिल्लाको लहानबाट गए राति करिब ८:४० बजे प्रहरी चौकी लहानबाट खट ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१