हुण्डीमा संलग्न राज साहको टिम जडा गाडदै, नियमनकारी निकायको लापरवाहीले देशको अर्थतन्त्र खराब हुदै

  • मंसिर १५, २०८०
  • ५९० पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज १५ मंसिर। अबैध हुण्डी सन्दर्भमा हुण्डी माफियाको नामले चर्चा कमाएका राज साह तेली र एसएसपी बेल बहादुर पाण्डे बीचको अडियो रेकर्ड विभिन्न सञ्चारमाध्यमहरुमा प्रकाशन भए पछि केही दिन रक्सौल र वीरगंज सिमानाकाबाट हुण्डी कारोबार ठप्प भएको थियो ।

हुण्डी कारोबार ठप्प भएपछि भारतको रक्सौल निवासी अमरिस, सन्नी महतो, बब्लु राज, सोनु सर्राफ, गान्धी गुप्ता कलवार, अनुराग लगायतको हुण्डी साहुहरुले हुण्डी माफिया राज साह, अजित साह र सुभाष साह सँग पटक–पटक गोप्य बैठक गरेर बारा र पर्साको सशस्त्र र जनपद प्रहरीको जिल्ला कार्यालयलाई मिलाउने एक जना साह थरका तथाकथित दलाल पत्रकारको जिम्मा लगाईयो ।

पर्सा र बारा जिल्लाका सिमामा घर भएका ती पत्रकारले पर्सा र बाराको सशस्त्र र जनपद प्रहरीको जिल्लालाई मिलाउन सफल भए पनि पर्साका सशस्त्रका एसपी किसन कर्माचार्य कहाँ जान हिम्मत नगरेको समाचार स्रोतले जनाएको छ । एसपी कर्माचार्य सँग कुरो नहुँदा ती पत्रकारले सिमा सुरक्षा बल भन्सार वीरगंजमा खटिएका डिएसपी देवेन्द्र बहादुर सिंहलाई मिलाएर दशैंताका देखि हुण्डी कारोबार पुनः सुरु गरिएको स्रोतको भनाई रहेको छ ।

दैनिक करोडौं करोड भारतको रक्सौलबाट अबैध रकम निर्वाध रुपमा वीरगंज, कलैया आईरहँदा बीचमा कुनै पनि भरियालाई प्रहरीले समाउन सकेन । मंगलबार १२ गतेका दिन सशस्त्र प्रहरी बल १३ नं. गण हेडक्वाटर पर्सा र भन्सारबाट खटिएका संयुक्त सशस्त्र प्रहरीले चेकजाँच गर्ने क्रममा हुण्डी भरिया उमेश यादवलाई स्रोत नखुलेको १० लाख नेपाली रुपैया सहित पक्राउ ग¥यो । सो चेकजाँचको क्रममा सशस्त्रको हेडक्वाटर पर्साबाट टोली नमिसिएको भए उमेश यादव पनि पक्राउ नपर्ने लगभग पक्कापक्की नै रहेको ती स्रोतले जनाएको छ ।

भारतको पूर्वी चम्पारण रक्सौल–७ अरुवाटोल निवासी यादव, मोटरसाईलक र रुपैया सहित सशस्त्रले आफै वीरगंज भन्सार कार्यालयमा बुझाएको छ । जबकी यस भन्दा अगाडि सशस्त्रले अबैध हुण्डी कारोबारीहरु फेला पार्दा जनपदको जिल्ला प्रहरी कार्यालय पर्सालाई बुझाउन्थ्यो । जिल्ला प्रहरीले स्रोत नखुलेको अबैध कार्य गर्ने हुण्डी भरियाहरुलाई जिल्ला सरकारी वकिल र सम्मानित अदालतको समन्वयमा बैंक तथा वित्तिय ऐन सम्बन्धि कसुर मुद्दा चलाउन्थ्यो । तर उमेश यादवको सन्दर्भमा सशस्त्रले वीरगंज भन्सारमा किन बुझायो ? अनेकन थरिका प्रश्न सचेत नागरिकहरुले गरिरहेका छन् ।

भारतको रक्सौलबाट नेपालतर्फ आउदै गरेका बिआर ०५ एआर ८१०१ नम्बरको मोटरसाईकलमा सवार भारतीय नागरिक पक्राउ परेका उमेश यादव बुधबार भन्सारबाट धरौटीमा रिहा भईसकेका छन् । यस सन्दर्भमा डिएसपी देवेन्द्र बहादुर सिंह सँग तपाईहरुले जनपद प्रहरीलाई नबुझाएर आफै भन्सारमा किन बुझाउनु भएको हो ? भनि जिज्ञासा राख्दा उनले आफुलाई केही भन्न नमिल्ने भएको हुनाले विशेष कुरा हाम्रो प्रवक्तालाई सोध्न प्रतिक्रिया दिए ।

डिएसपी सिंह सँग थप कुरा गर्न खोज्दा उनले कुरा गर्न मानेनन् र मोबाईलको लाईन काटिदिए । यसै सन्दर्भमा सशस्त्र प्रहरीका डिएसपी एवं प्रवक्ता संगम श्रेष्ठ सँग प्रतिक्रिया लिंदा उनले भन्सार एरियाबाट समातिएको हुनाले भन्सारमा नै बुझाईएको बताए । जबकी यस भन्दा अगाडि पनि भन्सार एरियाबाट हुण्डी भरियाहरुलाई समात्दा जनपदको जिल्ला कार्यालयलाई नै बुझाईन्थ्यो ।

यसै सन्दर्भमा जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी एवं प्रवक्ता कुमार विक्रम थापा सँग जिज्ञासा राख्दा उनले सशस्त्र प्रहरी सँग नै सोध्नुस, वहाँहरुले किन बुझाउनु भएको हो भनि प्रतिक्रिया दिए । नेपालको अर्थतन्त्र तहसनहस पार्ने धमिराको रुपमा रहेका हुण्डीमा संलग्न राज साह तेली, अजित साह र सुभाष साह आफ्ना अबैध हुण्डी कारोबार निर्वाध रुपमा चलाई रहंदा नियमनकारी निकायको लापरवाहीले देशको अर्थतंन्त्र खराब हुदै गएको अर्थविदहरुको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस

लामखुट्टेको जोखिमयुक ...

बिरेन्द्र प्रसाद नेपाल लहान ३ गते । सिरहाको लहान नगरपालिकाले दुई दिनमा ५०१ वटा विपन्न परिवारलाई झुल ...

लागूऔषध सहित २ (दुई) ...

ओम प्रकाश यादव लहान ०२ जेष्ठ । सिरहाको खैरटोकामा लागूऔषध औषध सहित दुइ जना प्रहरीको फन्दामा सिरहा नगर ...

पोखरिया नगरपालिकामाथ ...

रंजित चौरसिया,वीरगंज १ जेष्ठ। पर्साको पोखरिया नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१