Siraha Times
ताजा समाचार

हुण्डीमा संलग्न राज साहको टिम जडा गाडदै, नियमनकारी निकायको लापरवाहीले देशको अर्थतन्त्र खराब हुदै

  • मंसिर १५, २०८०
  • ९४० पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज १५ मंसिर। अबैध हुण्डी सन्दर्भमा हुण्डी माफियाको नामले चर्चा कमाएका राज साह तेली र एसएसपी बेल बहादुर पाण्डे बीचको अडियो रेकर्ड विभिन्न सञ्चारमाध्यमहरुमा प्रकाशन भए पछि केही दिन रक्सौल र वीरगंज सिमानाकाबाट हुण्डी कारोबार ठप्प भएको थियो ।

हुण्डी कारोबार ठप्प भएपछि भारतको रक्सौल निवासी अमरिस, सन्नी महतो, बब्लु राज, सोनु सर्राफ, गान्धी गुप्ता कलवार, अनुराग लगायतको हुण्डी साहुहरुले हुण्डी माफिया राज साह, अजित साह र सुभाष साह सँग पटक–पटक गोप्य बैठक गरेर बारा र पर्साको सशस्त्र र जनपद प्रहरीको जिल्ला कार्यालयलाई मिलाउने एक जना साह थरका तथाकथित दलाल पत्रकारको जिम्मा लगाईयो ।

पर्सा र बारा जिल्लाका सिमामा घर भएका ती पत्रकारले पर्सा र बाराको सशस्त्र र जनपद प्रहरीको जिल्लालाई मिलाउन सफल भए पनि पर्साका सशस्त्रका एसपी किसन कर्माचार्य कहाँ जान हिम्मत नगरेको समाचार स्रोतले जनाएको छ । एसपी कर्माचार्य सँग कुरो नहुँदा ती पत्रकारले सिमा सुरक्षा बल भन्सार वीरगंजमा खटिएका डिएसपी देवेन्द्र बहादुर सिंहलाई मिलाएर दशैंताका देखि हुण्डी कारोबार पुनः सुरु गरिएको स्रोतको भनाई रहेको छ ।

दैनिक करोडौं करोड भारतको रक्सौलबाट अबैध रकम निर्वाध रुपमा वीरगंज, कलैया आईरहँदा बीचमा कुनै पनि भरियालाई प्रहरीले समाउन सकेन । मंगलबार १२ गतेका दिन सशस्त्र प्रहरी बल १३ नं. गण हेडक्वाटर पर्सा र भन्सारबाट खटिएका संयुक्त सशस्त्र प्रहरीले चेकजाँच गर्ने क्रममा हुण्डी भरिया उमेश यादवलाई स्रोत नखुलेको १० लाख नेपाली रुपैया सहित पक्राउ ग¥यो । सो चेकजाँचको क्रममा सशस्त्रको हेडक्वाटर पर्साबाट टोली नमिसिएको भए उमेश यादव पनि पक्राउ नपर्ने लगभग पक्कापक्की नै रहेको ती स्रोतले जनाएको छ ।

भारतको पूर्वी चम्पारण रक्सौल–७ अरुवाटोल निवासी यादव, मोटरसाईलक र रुपैया सहित सशस्त्रले आफै वीरगंज भन्सार कार्यालयमा बुझाएको छ । जबकी यस भन्दा अगाडि सशस्त्रले अबैध हुण्डी कारोबारीहरु फेला पार्दा जनपदको जिल्ला प्रहरी कार्यालय पर्सालाई बुझाउन्थ्यो । जिल्ला प्रहरीले स्रोत नखुलेको अबैध कार्य गर्ने हुण्डी भरियाहरुलाई जिल्ला सरकारी वकिल र सम्मानित अदालतको समन्वयमा बैंक तथा वित्तिय ऐन सम्बन्धि कसुर मुद्दा चलाउन्थ्यो । तर उमेश यादवको सन्दर्भमा सशस्त्रले वीरगंज भन्सारमा किन बुझायो ? अनेकन थरिका प्रश्न सचेत नागरिकहरुले गरिरहेका छन् ।

भारतको रक्सौलबाट नेपालतर्फ आउदै गरेका बिआर ०५ एआर ८१०१ नम्बरको मोटरसाईकलमा सवार भारतीय नागरिक पक्राउ परेका उमेश यादव बुधबार भन्सारबाट धरौटीमा रिहा भईसकेका छन् । यस सन्दर्भमा डिएसपी देवेन्द्र बहादुर सिंह सँग तपाईहरुले जनपद प्रहरीलाई नबुझाएर आफै भन्सारमा किन बुझाउनु भएको हो ? भनि जिज्ञासा राख्दा उनले आफुलाई केही भन्न नमिल्ने भएको हुनाले विशेष कुरा हाम्रो प्रवक्तालाई सोध्न प्रतिक्रिया दिए ।

डिएसपी सिंह सँग थप कुरा गर्न खोज्दा उनले कुरा गर्न मानेनन् र मोबाईलको लाईन काटिदिए । यसै सन्दर्भमा सशस्त्र प्रहरीका डिएसपी एवं प्रवक्ता संगम श्रेष्ठ सँग प्रतिक्रिया लिंदा उनले भन्सार एरियाबाट समातिएको हुनाले भन्सारमा नै बुझाईएको बताए । जबकी यस भन्दा अगाडि पनि भन्सार एरियाबाट हुण्डी भरियाहरुलाई समात्दा जनपदको जिल्ला कार्यालयलाई नै बुझाईन्थ्यो ।

यसै सन्दर्भमा जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी एवं प्रवक्ता कुमार विक्रम थापा सँग जिज्ञासा राख्दा उनले सशस्त्र प्रहरी सँग नै सोध्नुस, वहाँहरुले किन बुझाउनु भएको हो भनि प्रतिक्रिया दिए । नेपालको अर्थतन्त्र तहसनहस पार्ने धमिराको रुपमा रहेका हुण्डीमा संलग्न राज साह तेली, अजित साह र सुभाष साह आफ्ना अबैध हुण्डी कारोबार निर्वाध रुपमा चलाई रहंदा नियमनकारी निकायको लापरवाहीले देशको अर्थतंन्त्र खराब हुदै गएको अर्थविदहरुको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१