ताजा समाचार

लागूऔषध (ब्राउन सुगर) सहित २ जना प्रहरीको नियन्त्रणमा

  • मंसिर १५, २०८०
  • ८१० पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान १५ मंसीर ।सिरहाको लहानबाट प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित दुई युवक पक्राउ परेको छ। जिल्ला प्रहरी कर्यालय सिरहाका प्रहरी नायव उपरिक्षक एवम प्रहरी प्रवक्ता रविन्द्र राज पाण्डेका अनुसार सिरहाको लहानबाट प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित सिरहाको लहानबाट दुई यूवक पक्राउ परेको छ ।

सिरहाको लहान नगरपालिका वडा नं.१ लोकतन्त्र चोक स्थित ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको क्यूआरटि प्रहरी टोलिले चेक प्‍वाईन्ट राखी चेकजाँच गर्ने क्रममा उत्तरबाट दक्षिणतर्फ जादै गरेको पैदल यात्री जिल्ला सिरहा लहान नगरपालिका वडा नं.११ बस्ने ३२ वर्षीय संजय चौधरीलाई शंका लागि चेकजाँच गर्दा चौधरीले लगाएको पाईन्टको गोजीबाट पँहेलो रंगको प्लाष्टिक भित्र कालो प्लाष्टिकले बेरिएर राखेको खेरो रंगको ब्राउन सुगर जस्तो देखिने लागूऔषध प्लाष्टिक सहित ७ ग्राम र प्लाष्टिक बाहेक ४ ग्राम फेला परेको थियो भने उक्त स्थानका २० वर्षीय अभिशेख चौधरीको साथबाट सानो डिजिटल तराजु १ थान फेला परकोले उक्त लागूऔषध र डिजिटल तराजु सहित दुवै जनालाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सुखीपुरमा १९ करोड १५ ...

रहमुल, लहान, २२ असोज । सिरहाको सुखीपुर नगरपालिकामा संघीय सरकारको रु. १९ करोड १५ लाखको लागतमा निर्माण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤