आन्तरिक राजस्व कार्यालय लहानले मनायो बाह्रौं राष्ट्रिय कर दिवस

  • मंसिर ८, २०८०
  • ८८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र पासवान/लहान "स्वच्छ पारदर्शी र प्रविधिमैत्रि कर प्रशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन" भन्ने मुल नाराका साथ आन्तरिक राजस्व कार्यालय लहान सिराहाले बाह्रौं राष्ट्रिय कर दिवस मनाएका छन् । कार्यक्रमका प्रमुख अतिथि सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले 'कोइ प्रत्यक्ष रूपमा र कोइ अप्रत्यक्ष रूपमा हामीसबै करमा जोडिएका हुन्छौं । प्रविधिसंगसगै हामीले गरेका कामहरूलाई आन्तरिक राजस्व कार्यालयहरूले प्रविधिमैत्रि कारोबार गर्दा हामीलाई अझै सजिलो सरल र पारदर्शी बनाउन सजिलो भएको छ । प्रजिअ पाण्डेले फेरि थप्दै भने 'यो अझै पुगेको छैन, हामीले जे-जस्ता कारोबार गर्छौं ती सब डिजिटलबाट हुने हो भने अहिले देखिएका जुन समस्याहरू पनि समाधान हुनेछ ।'

आन्तरिक राजस्व कार्यालय लहानले सम्पादन गर्ने मुख्य कामहरूमा सेवा अन्तर्गत प्यान दर्ता, संशोधन र खारेजी, कर चुक्ता प्रमाणपत्र प्रदान, अन्त:शुल्क दर्ता, नवीकरण र निष्कासन, करदाता शिक्षा । संकलन अन्तर्गत बक्यौता संकलन, बेरुजु फर्छ्यौट Non-filler घटाउने । नियमन अन्तर्गत कर परिक्षण र अनुसन्धान र बजार अनुगमन ।

तथा सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएका छन् । कर सप्ताह कार्यक्रम २०८० मंसिर १ गते देखि ७ गतेसम्म चलेको थियो । कार्यक्रमका अध्यक्ष आन्तरिक राजस्व कार्यालय लहानका प्रमुख कर अधिकृत पुन्य प्रसाद रिजालका अनुसार कर भनेको नै राष्ट्र निर्माणका लागि हुन्छन् । उनले 'हामीले तिरेको करबाट हाम्रो यातायात सुविधाको लागि सडक बनेको छ । उपचारको लागि अस्पताल निर्माण भएको छ । ठुलाठुला राष्ट्रिय गौरवका आयोजनाहरू बनेको र कतिपय बन्ने क्रममा छन् ।' भनेका थिए ।

यो देश संचालन गर्ने जिम्मेवारी देशभरिका नागरिकहरूको नै हुने प्रमुख कर अधिकृत रिजालले जिकिर गरेका थिए । नागरिकहरूमा कर्मचारी, विभिन्न व्यवसायी, सुरक्षा निकायदेखि लिएर हामीले आफुले नियमानुसार तिर्नेपर्ने कर तिर्यौं भनेमात्र यो देश निर्माण हुने तर्क गरे । उनले देश बन्नको लागि राजस्व त चाहिन्छ चाहिन्छ । सरकारले कि राजस्व उठाउनु पर्यो कि ऋण उठाउनु पर्यो । अरु त उपाय नै नरहेको दावी समेत गरेका थिए । आन्तरिक राजस्व कार्यालय लहानले कर संकलन लक्ष्यको ९५ प्रतिशत राजस्व हासिल गरेको दावी गरेका छन् ।

मन्तव्यको क्रममा जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष विकास कुमार शारडाले 'आन्तरिक राजस्व कार्यालय लहानको अहिलेको वर्तमान टिमले व्यवसायीहरूको लागि मैत्रीपूर्ण तरिकाले जुन भूमिका खेलिरहनुभएको छ त्यसको लागि पनि जिल्ला उद्योग वाणिज्य संघ सिरहाले हृदय देखि धन्यवाद व्यक्त गर्दछ । कर निश्चय नै हामी व्यवसायीहरूले नै तिर्नुपर्ने हुन्छ किनभने हाम्रो करले नै राज्य चल्छ । हाम्रै करबाट सम्पूर्ण संरचना चल्छ ।' उनले आउने दिनमा जिल्ला उद्योग वाणिज्य संघ सिरहाले आन्तरिक राजस्व कार्यालयबाट सदैव सहयोग पाउँछ र जिल्ला उद्योग वाणिज्य संघले पनि आन्तरिक राजस्व कार्यालयलाइ सदैव सहयोग गर्ने वाचा समेत गरे ।

आर्थिक वर्ष २०८०/८१ कार्तिकको अन्तसम्म आन्तरिक राजस्व कार्यालय लहानमा व्यवसाय तर्फ परोपकारीको २७, पार्टनरसीप फर्म ४ सय ३४, प्रालिमा २ हजार ८ सय ३९, नाफा वितरण रहित कम्पनी १४, पब्लिक लिमिटेड १८, अस्थायी प्यान २ रहेको छ । व्यक्तिगत तर्फ प्रोप्राइटरसीप ३५ हजार १ सय ६३, व्यक्तिगत स्थायी लेखा नं (P-PAN) लिनेको संख्या ६३ हजार ९ सय तीन, कुटनितिज्ञ १, सरकारी कार्यालय ४ सय ९३ अन्य १ प्यान/भ्याट र आयकर गरि जम्मा १ लाख ५३ हजार ३८ पुगेको छ ।

आन्तरिक कार्यालय लहानमा रहेको तत्कालीन सगरमाथा अञ्चलको छ वटा जिल्लाहरू सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, उदयपुर, सप्तरी र सिरहा रहेकोमा अझैसम्म मुख्य कार्यालय रहेको सिरहाको लहानमै मुख्य कामहरू हुँदै आइरहेका छन् । त्यस्तै यो कार्यालयको मातहतमा करदाता सेवा कार्यालयहरू सोलुखुम्बु खुम्बुपासाङल्यामु गाउँपालिकाको लुक्ला, ओखलढुंगा र सोलुखुम्बुको ओखलढुंगा, खोटाङको खोटाङ, उदयपुरको गाईघाट र सप्तरीको राजविराजमा रहेको छ ।

नेपालमा मूल्य अभिवृद्धि कर सुरु गरेको अवसरमा १२ वर्षदेखि हरेक वर्ष मंसिर १ गते कर दिवस मनाउने गरिएको छ । नेपालमा २०५४ साल मंसिर १ गतेबाट मूल्य अभिवृद्धि कर कार्यान्वयनमा ल्याइएको थियो । २०६९ कात्तिक २ गतेको मन्त्रिपरिषदको बैठकले हरेक वर्ष मंसिर १ गते कर दिवस मनाउने निर्णय गरे अनुरुप नै यो दिवस मनाउन लागिएको हो । कर दिवस कार्यक्रममा उदयपुर गाईघाट र सप्तरी राजविराज करदाता सेवा कार्यालयका कर अधिकृतहरू सहभागी भएका थिए । कर दिवसको दिन कार्यालयले धेरै भन्दा धेरै कर तिर्ने फर्मका संचालहरू सहित कार्यालयका चालक महेश कुमार सिंहलाइ सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

लहानमा जेन-जी आन्दोल ...

ओम प्रकाश यादव लहान २९ असोज । सिरहाको लहानमा गत भदौ महिनाको २३-२४ भएको जेन–जी आन्दोलनका क्रममा ...

सखुवानन्कारकट्टीमा व ...

रहमुल लहान २९ असोज । हिन्दुहरूको महान चाडपर्व वडा दशैं, तिहार र छठपर्वको पावन अवसरमा सिरहाको सखुवानन ...

लहान–२४ का तिन विपन् ...

लहान । लहान नगरपालिका–२४ खपानी टोलका दुई विपन्न परिवारलाई लहान नगरपालिकाले खाद्यान्न सहयोग गरे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१