Siraha Times
ताजा समाचार

सुस्तामा विद्यार्थीलाई गरे पोशाक बितरण

  • कार्तिक २४, २०८०
  • ८२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स लहान २४ कार्तिक । लुम्बिनी प्रदेशको पछिम नवलपरासीको सुस्ता गाउँपालिका जहा अहिले सम्म कुनै सरकारी निकाय तथा सरकारमा बसेर ओकालत गर्ने कसैको ध्यान नजानु बिडम्बना को विषय हो लुम्बिनी प्रदेशको पछिम नवलपरासीको सुस्ता गाउँपालिकाको  वडा नं ५ स्थित एउटा सानो सानो गाउँ सुस्ता जहा लगभग १२० घरको वस्ती बिना बाटो घाटो ३ तिर कर्णाली नदीले घेरिएको र एक तिर छिमेकी देश भारत त्यसै भित्र सुस्ता गाउँ जुन कि कुनै पनि द्रीस्टीकोणबाट हेर्दा अपहेलित नै देखिन्छ तर पनि यहाका सरकार मौन किन बसेका छन् भन्नै गार्हो छ ।

नवलपरासीको सुस्ता गाउँपालिकामा पछिलो पल्ट जब सिरहाटाइम्सका संचालक ओम प्रकाश यादव र सिरहाटाइम्सका सम्पादक बिनोद कुमार मण्डलको टोली जादा  एउटा विद्यालय भेटियो र त्यो विद्यालयमा पढने विद्यार्थी भाइबहिनीको बिजोग देख्दा रगतकै आँसु रोएका मण्डल त्यो पीडा सहन नसकेर पुन: त्यहाका विद्यार्थी भाईबहिनिहरुका लागि राहत स्वरूप लुगा कपडा सहित अन्य मेडिकल समानहरु लिएर थोरै भए पनि मरहम लगाउने काम गर्न सुस्ता पुग्नु भएछ  ।

सुस्ता स्थित श्री जनता दलित आधारभूत विद्यालय विद्यालयलाई सिराहा टाइम्सको पहलमा विद्यार्थी पोशाक र जुत्ता वितरण गरिएको छ । सिरहा टाइम्स मिडिया प्रा.लि. को पहलमा मारवाडी सेवा समिति लहान सिराहाद्वारा प्राप्त ५० थान जुत्ता श्री जनता दलित आधारभूत विद्यालय र पाल्हिनन्दन वाडा नम्बर ५ स्थित राधाकृष्ण मा.वि.का अति विपन्न ,गरिब , असाहय लगायतका विद्यार्थीहरुलाई निःशुल्क वाडा अध्यक्ष, विद्यालय ब्यबस्थापन समितिका पदाधिकारीहरु, स्थानिय नेपाल प्रहरी , शस्त्र बल ,पत्रकार ज्ञानेश्वर सहनी लगायतको रोहवरमा वितरण गरिएको छ ।

दुवै ठाउँ गरी विद्यार्थी पोशाक ६५ थान समेत वितरण गरिएको छ । सुस्ता राष्टिय समस्या हो सबैलाई थाहा छ । तर त्यो समस्या हाल सम्म सामाधान न हुनु ठुलो चिन्ताको बिषय हो । हाल सम्म सुस्ता बासी कष्टकर जिवन बिताइ रहेका छन । शिक्षा, स्वास्थ, खाद्यान्न र अवासीय क्षेत्रमा निकै पछि रहेको देखिन्छ र यस तर्फ यथाशीघ्र सरकारको ध्यानाकर्षण हुन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

कृष्णनगर भन्सारले वा ...

कपिलवस्तु, साउन ३१ ।  लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाको ठूलो  भन्सार नाका कृष्णनगर भन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१