ताजा समाचार

लागूऔषध सहित एक जना नियन्त्रणमा

  • कार्तिक १८, २०८०
  • ८२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, कार्तिक १८ । सिरहा प्रहरीले लागु औषध सहित सिरहाको भगवानपुर गाउँपालिका वडा नं. ०१ भगवानपुर स्थित हुलाकी सडखण्डबाट एक जनालाई पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट भगवानपुर सिरहाबाट प्र.स.नि. मुना साहको कमाण्डमा खटिएको चेकिङ टोलीले त्रियुगा नगरपालिका-११ का ३३ वर्षीय सन्तोष चौधरीलाई लागु औषध सहित नियन्त्रणमा लिएको हो ।

हुलाकी मार्गमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको स ९ प ८२५१ नं.को मोटरसाईकललाई शंका लागी चेकजाँच गर्ने क्रममा चौधरी पक्राउ परेकाे हाे । आज करिब ४ बजेको समयमा पश्चिमबाट पुर्वतर्फ जादै गरेको स ९ प ८२५१ नं.को मोटरसाईकललाई शंका लागी चेकजाँच गर्ने क्रममा मोटरसाईकलको सिट मुनि कालो प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको लागूऔषध र मोटरसाईकल सहित चौधरीलाई नियन्त्रणमा लिई ई.प्र.का. लहान सिरहाबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सुखीपुरमा १९ करोड १५ ...

रहमुल, लहान, २२ असोज । सिरहाको सुखीपुर नगरपालिकामा संघीय सरकारको रु. १९ करोड १५ लाखको लागतमा निर्माण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤