लागूऔषध सहित एक जना नियन्त्रणमा

  • कार्तिक १८, २०८०
  • ६५९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, कार्तिक १८ । सिरहा प्रहरीले लागु औषध सहित सिरहाको भगवानपुर गाउँपालिका वडा नं. ०१ भगवानपुर स्थित हुलाकी सडखण्डबाट एक जनालाई पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट भगवानपुर सिरहाबाट प्र.स.नि. मुना साहको कमाण्डमा खटिएको चेकिङ टोलीले त्रियुगा नगरपालिका-११ का ३३ वर्षीय सन्तोष चौधरीलाई लागु औषध सहित नियन्त्रणमा लिएको हो ।

हुलाकी मार्गमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको स ९ प ८२५१ नं.को मोटरसाईकललाई शंका लागी चेकजाँच गर्ने क्रममा चौधरी पक्राउ परेकाे हाे । आज करिब ४ बजेको समयमा पश्चिमबाट पुर्वतर्फ जादै गरेको स ९ प ८२५१ नं.को मोटरसाईकललाई शंका लागी चेकजाँच गर्ने क्रममा मोटरसाईकलको सिट मुनि कालो प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको लागूऔषध र मोटरसाईकल सहित चौधरीलाई नियन्त्रणमा लिई ई.प्र.का. लहान सिरहाबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

अल्ट्रा अभियानका सञ् ...

रंजित चौरसिया,वीरगंज १० भदौ । अल्ट्रा अभियान डिजिटल ईलेक्ट्रा प्रा.लि. वीरगंजका आधिकारिक प्रोपराईटर ...

मकवानपुरमा भारतीय सु ...

ओम प्रकाश यादव लहान भदौ ८ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त ...

जसपा नेपालको भूमि वि ...

ओम प्रकाश यादव लहान भदौ ७ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) ले सरका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१