ताजा समाचार

गणपति गैरेको निर्देशणमा मिर्चैयाबाट अन्दाजी ५ लाखको अबैध पाटाका बरामद गरि नष्ट गरियो

  • कार्तिक १६, २०८०
  • ११४४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स कात्तिक १६ । चाड पर्वलाई लक्षित गर्दै सिरहा अवस्थित नेपाल भारत सिमावर्ती क्षेत्रमा थप सुरक्षा व्यवस्था कडा गरे लगतै अबैध पाटाका लगायतका सामग्री धमाधम नियन्त्रणमा आउन थालेका छन् । गणपति शिव गैरेको निर्देशनमा सशस्त्र प्रहरीले सिरहाको मिर्चैयाबाट नियन्त्रणमा लिईएको अबैध प्रतिवन्धित विष्फोटक पदार्थ पटाका नष्ट गरेका हुन् ।

सशस्त्र प्रहरी बल नेपाल,गण नं.७ हे.क्वा.सिरहाका गणपति सशस्त्र प्रहरी उपरिक्षक शिव गैरेको निर्देशन पालना गर्दै सशस्त्र प्रहरीले भारतबाट नेपाल ल्याउदै गरेको विशेष सुचनाको आधारमा शसस्त्र प्रहरी बल नेपाल,सुरक्षा वेस मिर्चैयाका सशस्त्र प्रहरी निरिक्षक भुल बहादुर थापाको कमाण्डमा खटिएको सशस्त्र प्रहरी टोलीले लुकाई छिपाई भारत बजारबाट नेपाल ल्याउदै गरेका प्रतिवन्धित विष्पोटक पदार्थ पटाका बरामद गरि नष्ट गरिएको छ ।

अबैध विस्फोटक पदार्थ पटाका मिर्चैया नगरपालिका ५ संस्था चौकमा सशस्त्र प्रहरीलाई देखन साथ मोटरसाईकलमा बोकी ल्याउदै गरेका अबैध विष्फोटक पदार्थ पाटाका फालि भागेको थियो । अन्दाजी रु. ५ लाख मुल्यको बरामद गरिएको विष्पोटक पदार्थ पटाका सशस्त्र प्रहरी,नेपाल प्रहरी,वाडा अध्यक्ष,पत्रकार,नागरिक समाजका अगुवा लगायतको रोहवरमा नष्ट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सुखीपुरमा १९ करोड १५ ...

रहमुल, लहान, २२ असोज । सिरहाको सुखीपुर नगरपालिकामा संघीय सरकारको रु. १९ करोड १५ लाखको लागतमा निर्माण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤