गणपति गैरेको निर्देशणमा मिर्चैयाबाट अन्दाजी ५ लाखको अबैध पाटाका बरामद गरि नष्ट गरियो

  • कार्तिक १६, २०८०
  • ९४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स कात्तिक १६ । चाड पर्वलाई लक्षित गर्दै सिरहा अवस्थित नेपाल भारत सिमावर्ती क्षेत्रमा थप सुरक्षा व्यवस्था कडा गरे लगतै अबैध पाटाका लगायतका सामग्री धमाधम नियन्त्रणमा आउन थालेका छन् । गणपति शिव गैरेको निर्देशनमा सशस्त्र प्रहरीले सिरहाको मिर्चैयाबाट नियन्त्रणमा लिईएको अबैध प्रतिवन्धित विष्फोटक पदार्थ पटाका नष्ट गरेका हुन् ।

सशस्त्र प्रहरी बल नेपाल,गण नं.७ हे.क्वा.सिरहाका गणपति सशस्त्र प्रहरी उपरिक्षक शिव गैरेको निर्देशन पालना गर्दै सशस्त्र प्रहरीले भारतबाट नेपाल ल्याउदै गरेको विशेष सुचनाको आधारमा शसस्त्र प्रहरी बल नेपाल,सुरक्षा वेस मिर्चैयाका सशस्त्र प्रहरी निरिक्षक भुल बहादुर थापाको कमाण्डमा खटिएको सशस्त्र प्रहरी टोलीले लुकाई छिपाई भारत बजारबाट नेपाल ल्याउदै गरेका प्रतिवन्धित विष्पोटक पदार्थ पटाका बरामद गरि नष्ट गरिएको छ ।

अबैध विस्फोटक पदार्थ पटाका मिर्चैया नगरपालिका ५ संस्था चौकमा सशस्त्र प्रहरीलाई देखन साथ मोटरसाईकलमा बोकी ल्याउदै गरेका अबैध विष्फोटक पदार्थ पाटाका फालि भागेको थियो । अन्दाजी रु. ५ लाख मुल्यको बरामद गरिएको विष्पोटक पदार्थ पटाका सशस्त्र प्रहरी,नेपाल प्रहरी,वाडा अध्यक्ष,पत्रकार,नागरिक समाजका अगुवा लगायतको रोहवरमा नष्ट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सिराहा सेवा समाज कता ...

ओम प्रकाश यादव लहान मंसिर १८ । सिराहा सेवा समाज कतारले आफ्नो १९औँ वार्षिकोत्सवको उपलक्ष्यमा बृहत् रक ...

प्रहरी हवलदार शान्ता ...

कपिलवस्तु, मंसिर १६ । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रागनी कुमार ...

लहानमा लागुऔषध (हिरो ...

ओम प्रकाश यादव लहान मंसिर १६ । सिरहाको जिल्लाको लहानबाट गए राति करिब ८:४० बजे प्रहरी चौकी लहानबाट खट ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१