ताजा समाचार

पर्सा प्रहरी माथि उठ्यो प्रश्न, अबैध सामग्री बोकेको ट्रक किन छाडियो ?

  • कार्तिक १५, २०८०
  • ९१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज १५ कार्तिक। जिल्ला प्रहरी कार्यालय पर्साले गत आईतवार १२ गते वीरगंज परवानीपुर सडक खण्डबाट अबैध चिनी र चामल बोकेको ट्रक पक्राउ गरेको भए पनि चिनी र चामल मात्र भन्सार कार्यालयमा बुझाई ट्रकलाई छोडेको घटना रहस्यमय बनेको छ । चिनी ५० के.जी.दरका बोरा १०१ बोरा तथा ३० के.जी.का दरले ३२३ बोरा चामल गरी करिब रू. ६,५८,३००।– छ लाख अन्ठाउन हजार तीन सय रुपैया बराबरका सामग्रीहरु वीरगंज भन्सार कार्यालयमा बुझाईएको छ ।

चोरी पैठारी गरेर ल्याईएका अबैध चिनी र चामल बोकेको ट्रकलाई पर्सा प्रहरीले छोडदा अनेकन किसिमको शंका उपशंका उब्जाएको छ । बहुअर्वा भाठामा रहेका अनुज खाद्य उद्योगका सञ्चालक रामकिशोर साहले पछिल्लो समय चामलको ट्रकमा चिनीको तस्करी गराइरहेको प्रहरीलाई थाहा हुँदा हुँदै पनि ट्रक सँगै साहलाई पनि उन्मुक्ति दिएको हो । यस सन्दर्भमा प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता कुमार विक्रम थापा सँग प्रतिक्रिया लिन खोज्दा उनले अबैध सामान हो भनि ट्रक ड्राईभरलाई थाहा नभएको र ट्रकको संलग्नता नदेखिएकोले छाडिएको बताए ।

जबकी रामकिशोर साहले भारतबाट अबैध तरिकाले चामल र चिनी लगायतका सामग्रीहरु मगाई आफ्ना उद्योगमा भण्डारण गरी भाडाको ट्रकबाट पठाउने गरेको जानकारी प्रहरीलाई राम्रो सँग थाहा भए पनि साह र ट्रकलाई उन्मुक्ति दिनुले पर्सा प्रहरी माथि प्रश्न चिन्ह खडा भएको छ । ट्रकमा बाहिरको भागमा चामल र भित्री भागमा चिनी राखिएको अवस्थामा फेला परेपछि ट्रक सहित भन्सार कार्यालयमा बुझाउनु पर्ने ठाउँमा प्रहरीले ट्रक छाडी चिनी र चामल मात्र बुझाएकोमा पर्सा प्रहरीको नियत माथि शंका उब्जिएको हो । स्थानियका अनुसार अनुज खाद्य उद्योग बहुअर्वा भाठाका सञ्चालक रामकिशोर साहले चिनी, चामल लगायतका सामग्रीहरु भारतबाट चोरी पैठारी गरी ल्याएर आफ्नै गोदाममा भण्डारण गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सुखीपुरमा १९ करोड १५ ...

रहमुल, लहान, २२ असोज । सिरहाको सुखीपुर नगरपालिकामा संघीय सरकारको रु. १९ करोड १५ लाखको लागतमा निर्माण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤