सिरहाटाइम्स कात्तिक १५ । दशैं सकिए लगतै दिपावली,छठको रौनक यतिखेर मधेश लगायत देशैभरि हर्सौल्लासका साथ मनाउने गरेको बेला सिरहाको धनगढीमाई न पा ११ छापराड़ी स्थित वेवारिसे अवस्थामा रहेको लाखौको प्रतिवन्धित विष्फोटक पदार्थ पाटाका बरामद गरेको छ जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरिक्षक एवम प्रहरी प्रवक्ता रविन्द्र राज पाण्डेका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनगढीमाई नगरपालिका ११ छपराडी चोकको बाटोछेउमा बेवारीसे अवस्थामा रहेको ५ वटा बोरा कोब्रा पटाका बरामद भएको छ ।
बेवारिसे अवस्थामा रहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धनगढी सिरहाबाट प्रहरी नायव निरिक्षक सुनिल कुमार सिंहको कमाण्डमा खटिएको टोलिले कोब्रा नामको पटाका ५ वटा प्लाष्टिकको बोरामा रहेको पटाका बरामद गरेको छ। पटाका कसले किन छोडेर गएको भन्ने विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरिक्षक एवम प्रहरी प्रवक्ता पाण्डले जानकारी दिनुभयो । सिरहा प्रहरीको सकृयताले पछिल्ला दिनहरुमा भारतीय सीमाक्षेत्रबाट निर्वाधरुपमा तस्करहरुले ल्याएका सामान राजमार्गक्षेत्रबाट बरामद हुने गरेको छ।
प्रतिक्रिया दिनुहोस
सुखीपुरमा १९ करोड १५ लाखको लागतमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा, गुणस्तरीय स्वास्थ्य सेवाको अपेक्षा
लहानमा रहेको भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सार्ने निर्णयप्रति कांग्रेस लहानको आपत्ति
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved