रामएकवाल राम सिरहा - प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित सिरहामा एकजना व्यक्ति पक्राउ परेका छन। सिरहा प्रहरीले लहान नगरपालिका वडा न-१३ बस्ने वर्ष-३३ का देवकान्त चौधरीलाइ पक्राउ गरेको हो।प्रहरीले लागुऔषध ओसारपोसार गरिरहेको गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानका क्युआरटि टोलि र इलाका प्रहरी कार्यलय महेशबारी बाट प्र.ब.ना.नि.यज्ञानंद साहको कमाण्डमा खटिएको टोलीले चौधरीलाइ पक्राउ गरेका छन।
सोमबार सिरहाको लहान नगरपालिका वडा न-१२ भोटियाटोल स्थित स ९ प ८२७४ नम्बरको मोटरसाइकललाइ रोकी चेकजाच गर्ने क्रममा चौधरीको साथ बाट पलास्टिक सहित २ ग्राम ६० मिलिग्राम ब्राउन सुगर फेला परेको हुनाले मोटरसाइकल सहित प्रहरीले नियन्तरणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता राजेन्द्रराज पाण्डेले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सुखीपुरमा १९ करोड १५ लाखको लागतमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा, गुणस्तरीय स्वास्थ्य सेवाको अपेक्षा
लहानमा रहेको भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सार्ने निर्णयप्रति कांग्रेस लहानको आपत्ति
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved