संघर्ष समितीको नगरपालिकासँग वार्ता माग सम्वोधन नगरे पुनः चरण वद्ध आन्दोलन हुने, सहमतीको पूर्ण पाठ !

  • कार्तिक १३, २०८०
  • ५४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा । सहमति अनुसार हिउदो अधिवेशन सम्ममा माग सम्वोधन नगरे पुनः चरण वद्ध आन्दोलन गर्ने भ्रष्टाचार विरुद्धको संघर्ष समितीले चेतावनी देएका छन् । कल्याणपुर नगरपालीकामा भएको भष्टाचारी कार्यशैली रोकन भष्टाचार विरुद्धको संघर्ष समिती चयन गरी चरण बद्ध रुपी आन्दोलन गर्दै आईरहेको समितीले पहिलो चरणमा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य तथा वन मन्त्रि विरेन्द्र प्रसाद महतोको पहलमा आन्दोलनरत पक्ष र कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह विच विभिन्न जायज बुँदामा सहमती गराइ अन्दोलन स्थगित भएको छ ।

sanghars samiti 1

 

        विगत एक महिनादेखी चलीरहेको आन्दोलन जसपा नेपाल, नेपाली काँग्रेस, नेकपा एस, जनमत लगायत कल्याणपुर नगरपालिकामा क्रियाशिल राजनितिक दलहरुले भ्रष्टाचार विरुद्धको संघर्ष समिती गठन गरी नगरपालिकाको भष्टाचारी कदम विरुद्धमा आन्दोलन गरिरहेको अवस्थामा नगरपालिका र संघर्ष समिती विच भएको वार्ता नगरपालिकाले गर्ने हिउदो अधिवेशन सम्म संघर्ष समितीले उठाएको माग पुरा नगरे पुनः चरण वद्ध रुपमा आन्दोलन गर्ने भ्रष्टाचार विरुद्धको संघर्षका संयोजक एवम जसपा नेपालका कल्याणपुर नगर अध्यक्ष दिपेन्द्र वरवरियाले बताए ।

कल्याणपुर नगरपालीकामा भएको २०८०-०८१ को नगर सभा देखि हाल सम्म नगरपालीका भित्र कायम रही आएको विकृति, भ्रष्टाचारी र लुटतान्त्रिक कदम हटाइ सुशासनको प्रत्याभुति गराउने उद्धेश्यका आन्दोलन गर्नुपर्यो सजकारण नगरवासिलाई समस्या पर्न गयो जसलाई मध्यनजर गर्दै सघर्ष समितीले पहिलो चरणमा १८ वुंदे सहमती साथ तत्काल आन्दोलन स्थगित गरेको छ भने पुनः नगरपालिको मेयरको साथमा संघर्ष समितीले १२ गते आईतवार दोस्रो चरणमा सहमति अनुसार माग सम्वोधन नगरे पुनः आन्दोलन गर्ने गरि वर्ता गर्दै नगरपालिकाको प्रशासनिय काम काज संचालनमा ल्याउने सहमति गरेको संघर्ष समितीका संयोजक एवम जसपा कल्याणपुर नगर अध्यक्ष दिपेन्द्र बरबरिया यादवले वताउनु भयो ।

साथै वार्ता कै दौरान नगरप्रमुख रामपुकार साह ले यो आन्दोलन बाट मलाई पनि महसुस भयो मेरो पनि आँखा खुल्यो अब देखि यस्ता गल्तीहरू दोहोरिदैन भनी अभिव्यक्ति दिएका हुन् ।

वार्ताका क्रममा नगरप्रमुख रामपुकार साह लगायत ११ वटा वडाध्यक्षको उपस्थिति रहेको थियो भने नेपाली कांग्रेसबाट निर्वाचित वडा नं ५ को अध्यक्ष कुलदीप यादव र उपप्रमुख रेखा कुमारी यादव को अनुपस्थिति थियो । जसमा यस सम्झौतालाई फास्ट ट्रयाकमा ल्याई कार्यान्वयन गरिने स्थानिय सरकार र प्रशासन फाटले प्रतिबद्धता जनाए।

आनदोलनको समयमा नगरवासिलाई पर्न गएको समस्यालाई पनि मध्यनजर गर्दै जसरी नगरवासिले दिएको साथ र सहयोग सरहनिय रहेको कारण धन्यवाद दिदै अगामी दिनमा भष्टाचार विरुद्धमा आवाज उठाउन सहयोग गर्न सम्पूर्ण नगरवासिलाई संघर्ण समितीले आग्रह गरेका हुन् ।वर्ताको पूर्ण पाठ

 

प्रतिक्रिया दिनुहोस

पर्साको श्रीसिया नाक ...

रन्जित चौरसिया वीरगंज ८ मंसिर । पर्सा जिल्लाको श्रीसिया नाका हुदै व्यापक रुपमा तस्करी फस्टाएपनि स्था ...

हिन्दु युवा शक्ति कप ...

धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तु जिल्लाकाे शिवराज नगरपालिका वडा नं ३ खारेन्द्रपुरमा आज हिन्दु युवा ...

प्राकृतिक प्रकोप बाट ...

रहमुल लहान ६ मंसिर सिरहा र सप्तरी जिल्लाका धगनढीमाई, लक्ष्मीपुर पतारी, सखुवानन्कारकट्टी, भगवानपुर, र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१