ताजा समाचार

मधेश अध्यनको यात्रामा निस्किए चार युवा

  • कार्तिक १२, २०८०
  • ९५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम लहान कात्तिक १२ । मधेशका युवाहरूको एक समूहले मधेश अध्ययन यात्रामा निस्किएका छन् । आईतबार सिरहाको लहानस्थित सहिद रमेश चोकबाट निस्किएका उनीहरू आज बेलुकी वीरगञ्ज पुग्नेछन् । त्यहाँबाट भोलि सोमबारदेखि हुलाकी सडक हुँदै १८ गतेसम्म उनीहरू सप्तरी पुग्नेछन् ।मधेशका विषयमा गहन अध्ययन गर्न उनीहरू यात्रामा निस्किएका हुन् । मधेश अध्ययन यात्रा अन्तर्गत पहिलो चरणमा उनीहरू मधेश प्रदेशका आठ वटा जिल्ला घुम्न लागेका हुन् ।

यात्राको प्रमुख उद्देश्य सहिद परिवारको राजनैतिक, सामाजिक, आर्थिक र शैक्षिक स्थितिबारे अध्ययन गर्ने रहेको उनीहरूले जनाए । यससँगै उनीहरूले मुसहर समुदाय, किसान, मजदुर, श्रमिक महिला, क्रान्तिकारी युवा, बौद्धिक व्यक्तित्वहरूसँग पनि भेटघाट गर्नेछन् । यात्राका क्रममा उनीहरू होटलमा नभई स्थानीयहरुकै घरमा खाना खाने र बास बस्नेछन् ।

यसरी भ्रमण गरेर मधेशको भूइँको अवस्था बुझ्ने र त्यसपछि उनीहरूले तमाम समस्याका विषयमा सरोकारवालालाई दबाब दिने र जवाफदेही बनाउने प्रयत्न गर्नेछन् । यात्रीहरूमा टीएमएनसीका उपाध्यक्ष आभाष गुरू, मधेश पुस्तकालयका अध्यक्ष शिव यादव, कान्तिपुर टेलिभिजनका पत्रकार विनय आजाद, टीएमएनसीका सदस्य डा. नवीन यादव छन् ।

प्रतिक्रिया दिनुहोस

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सुखीपुरमा १९ करोड १५ ...

रहमुल, लहान, २२ असोज । सिरहाको सुखीपुर नगरपालिकामा संघीय सरकारको रु. १९ करोड १५ लाखको लागतमा निर्माण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤