रामग्राम स्तुप हाम्रो पहिचान हो

  • कार्तिक ११, २०८०
  • ५३२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, कार्तिक ११।बौद्ध धार्मिक मान्यता अनुसार रामग्राम स्तूप करिब पच्चीस सय वर्ष पहिले कोलिय राजाद्वारा निर्माण गरिएको हो । कोलिय राजाले निर्माण गराएको रामग्राम स्तूप उत्खनन गराउन खोज्दा नाग जातिले खन्न नदिएपछि अहिलेसम्म स्तूप जस्ताको तस्तै रहेको छ । नवलपरासीको सदरमुकाम परासीदेखि दक्षिण महेशपुर सडकखण्डको करिब ३ किलोमीटरको दूरी पार गरेर पुगिने उजैनी गाउँबाट १५ मिनेटको हिडाईपछि पुगिने झरही खोलाको किनारमा समतल मैदानमा देखिने हरियो थुम्को नै रामग्राम स्तुप हो ।

स्तूप क्षेत्रमा वरिपरि बनाईएको काठे बाटो अनि अगाडिको सुन्दर बगैंचा आकर्षणको मुख्य आधार मानिन्छ । काँढेतारले घेरीएको स्तूपलाई विशेष महत्वका साथ हेरिएको छ । " तत्कालीन राजा गौतमबुद्धका ससुरा दण्डपाणीले बुद्धको अस्थि धातु ल्याई स्तुपमा राखी यो स्तुप निर्माण गरेको भनाई " रहेको पाईन्छ । महत्वपूर्ण स्थलको रूपमा रहेको स्तुपको लम्बाइ १० मिटर छ , भने व्यास २३ दशमलव पाँच मिटर रहेको छ ।

युनेस्कोमार्फत यूके एलायन्सको आर्थिक सहयोग, बेलायतको डुरह्यम विश्व विद्यालय, पुरातत्व विभाग र लुम्बिनी विकास कोषको सहकार्यमा भौगर्भिक अध्ययनको काम थालिएको थियो । यसका लागि बेलायतबाट विज्ञहरुका टोली यहाँ आएर कामको शुरुआत गरेका थिए । १९९९ मा स्तुपको पश्चिमतर्फ सर्भे गरी सोही वर्ष पुरातत्व विभागबाट उत्खनन पनि गरिएको थियो । उत्खननका क्रममा गौतमबुद्धसँग सम्बन्धित बुद्धकालीन भग्नावशेष, माटाका भाँडाकुँडा लगाएत विभिन्न भग्नावशेष फेला परेका थिए ।

यस क्षेत्रमा पुरातात्विक अन्वेषण सन् १८९६ देखि शुरु भएको थियो । हाल विश्व सम्पदा सूचीमा सूचीकृतको प्रक्रियामा रहेको रामग्राम स्तुप विश्वकै एक मात्र यस्तो स्तुप हो जहाँ अहिलेसम्म भगवान बुद्धको अस्थिधातु सुरक्षित रुपमा राखिएको छ । जानकारहरुका अनुसार सन् १८९९ मा एसियाटिक सोसाइटी अफ बेङ्गालका ईतिहासकार डाक्टर डब्लु होयेले रामग्राम स्तूपको पत्ता लगाएका थिए । कालान्तरमा आएर सन् १९६४ मा रामग्राम स्तुपको प्रमाणित भएको अवस्था छ । रामग्राम स्तूपको धार्मिक मान्यताका कारण दिनानुदिन विश्वभरका बौद्धहरु मार्गीहरु यहाँको अस्थिधातुलाई मौलिक अस्थिधातु मानी पवित्र स्तुपको रूपमा मानेर पूजाआजा गर्दै आएको अवस्था छ । श्रोत सामाजिक सञ्जाल

प्रतिक्रिया दिनुहोस

गा.पा. अध्यक्ष यादवक ...

रहमुल लहान १६ बैशाख । सप्तरीको बलान बिहुल गाउँपालिकाको अध्यक्ष खेमचन्द्र यादवको नेतृत्वमा सुरक्षा प् ...

बलान बिहुलमा अपराध न ...

रहमुल लहान १६ बैशाख । सप्तरीको बलान बिहुल गाउँपालिकाको सभाहलमा १३ बैशाख स्थानीय तहमा अपराध न्यूनीकरण ...

मधेश प्रदेशका अर्थमन ...

दुर्गानन्द पासवान दोहा २८ अप्रील । मधेश प्रदेशका अर्थमन्त्री संजय यादवलाई कतारमा सम्मान गरेका छन।मधे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१