Siraha Times
ताजा समाचार

छोराको कोदालो प्रहारले बुवाको मृत्यु छोरा प्रहरी हिरासतमा 

  • कार्तिक १०, २०८०
  • ८९४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सर्लाही, १० कार्तिक । सर्लाहीमा आफ्नै बुवालाई छोराले कोदालो प्रहार गरि मारेको छ  सर्लाहीको हरिवन नगरपालिका–३, डाबरीमा कोदालो प्रहार गरी छोराले बुवाको हत्या गरेका छन् । घराइसी विवादमा छोरा ३५ वर्षीय गोकर्ण मैनालीले बुवा ८१ वर्षीय ओमप्रसाद मैनालीको हत्या गरेका छन । बुधबार राति गोकर्णले कोदालो प्रहार गर्दागम्भीर घाइते भएका ओमप्रसादलाई बिहीबार बिहान घाइते अवस्थामा गाउँलेहरुले देखेपछि उपचारका लागि नमूना अस्पताल हरिवन लगेका थिए ।

त्यहाँ उपचार सम्भव नभएपछि उनलाई पुरानो मेडिकल कलेज चितवन रेफर गरे पछि उपचारकै क्रममा राति १० बजेतिर चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । बुवाको हत्यामा संलग्न गोकर्णलाई प्रहरीले हरिवन ४, तिनघरे लच्का क्षेत्रमा हिँड्डुल गरिरहेको अवस्थामा शुक्रबार बिहान पक्राउ गरिएको हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले बताउनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१