नवलपरासीको सशस्त्र प्रहरी ड्युटी भन्दा बढी दशैंको खर्च उठाउनमा व्यस्त

  • असोज २८, २०८०
  • ७९६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

पश्चिम नवलपरासी २८ असोज / कृष्ण गिरी पश्चिम नवलपरासीमा सशस्त्र प्रहरी बलकै सेटिङमा नेपालबाट भारततर्फ र भारतबाट नेपालतर्फ ठूलो मात्रामा तस्करी भइरहेको छ । सीमानाकामा खटिएका सशस्त्र प्रहरी नै तस्करहरू संग सेटिङ मिलाएर तस्करी संचालन गर्दै आएका छन् । अहिलेको समयमा भुजहवा ,पचफेडा ,हरखपुरा नाकाहरू तस्करी गर्नको लागि तस्करहरूको अखाडा बनेको छ । भारतबाट भन्सार छलेर ल्याउने लत्ताकपडा, हार्डवेयर, इलेक्ट्रोनिक्स समान, तेल,चिनी ,चावल लगायतका किरानाका सामान र खसीबोका समेत तस्करी हुँदै आएको व्यापारीहरू नै बताउँछन् ।

त्यसैगरी अहिले बसहिया नाकाबाट पनि व्यापक तस्करी भैरहेको छ । केही दिन अगाडी सशस्त्र प्रहरी बोडर आउट पोष्ट विओपी गुठी परसौनीका इन्चार्ज सरूवा भइ नयाँ आउनु भएका विओपी प्रमुख आएपछि बैदोली , धर्मौली , बसहिया नाकाहरू तस्करी गर्नको लागि सुचारू भएको एक स्थानीयले नाम नराख्ने सर्तमा बताएका हुन । बोडरमा सशस्त्र प्रहरी डिउटी भए पनि तस्करी रोकिएको होइन झन् बढेको स्थानीयहरूले बताएका छन् ।

महेशपुरका नेपाल प्रहरी र सशस्त्र प्रहरीकै सेटिङमा कहिलेकाही नाकाबाट नत्र खेतको बाटो भएर तस्करहरुले मोवाइल , कपडा ,किराना लगायतका सामानको तस्करी गर्दै आइरहेका छन् । किनकी तस्करीको सामान चौकी अगाडिबाट नै तस्करी हुदै आएको छ । भारततर्फबाट ठूलो मात्रामा नेपालतर्फ लत्ताकपडा, हार्डवेयर, इलेक्ट्रोनिक्स समान, तेल,चिनी , चामल लगायतका किरानाका सामान र खसी बोकासमेत तस्करी हुँदै आएको व्यापारीहरू नै बताउँछन् ।

सानो व्यापारीहरूले दिउँसै समान ओसारपसार गर्छन् भने ठूला व्यापारीहरूले रातभरी लत्ताकपडा, हार्डवेयर, इलेक्ट्रोनिक्स समान, सुर्तीजन्य पदार्थ, तेल, चिनी, र मटर दाना लगायतका किरानाका सामान र खसी बोकासमेत तस्करी गर्ने गरेको पाइएको छ । अहिले नेपालबाट मदिरा,स्याउ, टुथ पेस्ट लगायतका सामानहरू नेपाल पठाउने गरिएका छन ।

प्रतिक्रिया दिनुहोस

७० औं प्रहरी दिवस २० ...

रहमुल लहान १ कात्तिक । जिल्ला प्रहरी कार्यालय सिरहामा ७०औं प्रहरी दिवसको अवसरमा विशेष कार्यक्रम ...

नहरा चौकमा टेम्पु चा ...

रहमुल लहान १ कात्तिक । लहान–ठाडी सडकखण्डको नहरा चौकमा आज बिहान टेम्पु चालकहरूले आक्रोशित हुँदै ...

लक्ष्मीपुर पतारी–६ क ...

लहान, ३० असोज । लक्ष्मीपुर पतारी गाउँपालिका ६ सितापुर पासवान टोलकी करीब १३ वर्षीया रुमा पासवान यतिबे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१