Siraha Times
ताजा समाचार

नवलपरासीको सशस्त्र प्रहरी ड्युटी भन्दा बढी दशैंको खर्च उठाउनमा व्यस्त

  • असोज २८, २०८०
  • ९२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

पश्चिम नवलपरासी २८ असोज / कृष्ण गिरी पश्चिम नवलपरासीमा सशस्त्र प्रहरी बलकै सेटिङमा नेपालबाट भारततर्फ र भारतबाट नेपालतर्फ ठूलो मात्रामा तस्करी भइरहेको छ । सीमानाकामा खटिएका सशस्त्र प्रहरी नै तस्करहरू संग सेटिङ मिलाएर तस्करी संचालन गर्दै आएका छन् । अहिलेको समयमा भुजहवा ,पचफेडा ,हरखपुरा नाकाहरू तस्करी गर्नको लागि तस्करहरूको अखाडा बनेको छ । भारतबाट भन्सार छलेर ल्याउने लत्ताकपडा, हार्डवेयर, इलेक्ट्रोनिक्स समान, तेल,चिनी ,चावल लगायतका किरानाका सामान र खसीबोका समेत तस्करी हुँदै आएको व्यापारीहरू नै बताउँछन् ।

त्यसैगरी अहिले बसहिया नाकाबाट पनि व्यापक तस्करी भैरहेको छ । केही दिन अगाडी सशस्त्र प्रहरी बोडर आउट पोष्ट विओपी गुठी परसौनीका इन्चार्ज सरूवा भइ नयाँ आउनु भएका विओपी प्रमुख आएपछि बैदोली , धर्मौली , बसहिया नाकाहरू तस्करी गर्नको लागि सुचारू भएको एक स्थानीयले नाम नराख्ने सर्तमा बताएका हुन । बोडरमा सशस्त्र प्रहरी डिउटी भए पनि तस्करी रोकिएको होइन झन् बढेको स्थानीयहरूले बताएका छन् ।

महेशपुरका नेपाल प्रहरी र सशस्त्र प्रहरीकै सेटिङमा कहिलेकाही नाकाबाट नत्र खेतको बाटो भएर तस्करहरुले मोवाइल , कपडा ,किराना लगायतका सामानको तस्करी गर्दै आइरहेका छन् । किनकी तस्करीको सामान चौकी अगाडिबाट नै तस्करी हुदै आएको छ । भारततर्फबाट ठूलो मात्रामा नेपालतर्फ लत्ताकपडा, हार्डवेयर, इलेक्ट्रोनिक्स समान, तेल,चिनी , चामल लगायतका किरानाका सामान र खसी बोकासमेत तस्करी हुँदै आएको व्यापारीहरू नै बताउँछन् ।

सानो व्यापारीहरूले दिउँसै समान ओसारपसार गर्छन् भने ठूला व्यापारीहरूले रातभरी लत्ताकपडा, हार्डवेयर, इलेक्ट्रोनिक्स समान, सुर्तीजन्य पदार्थ, तेल, चिनी, र मटर दाना लगायतका किरानाका सामान र खसी बोकासमेत तस्करी गर्ने गरेको पाइएको छ । अहिले नेपालबाट मदिरा,स्याउ, टुथ पेस्ट लगायतका सामानहरू नेपाल पठाउने गरिएका छन ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१