Siraha Times
ताजा समाचार

नेपाल टेलिकमको साखा कार्यालयमा वनमारा घारी

  • असोज २७, २०८०
  • ९१४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, असाेज २७ । सिरहाको धनगढीमाई ९ जिरोमाईल स्थित रहेको नेपाल टेलिकमको टावर सुरुक्षा घरको अवस्था जीर्ण हुँदै टावर सहित भौतिक संरचना वनमारा घारीमा परिणत भएको छ । नेपाल टेलिकम कार्यालय लहानको उदासिनताका कारण जिरोमाईल स्थित रहेको टावर परिसरको वातावरण असहज बनेको छ । कार्यालयको बाहिर सरसफाइको अभाव एकातिर छ भने अर्कोतिर कार्यालय परिसरमा रहेको खाने पानी , जेनेटर,बिजुली , ट्रान्सफर लगाएतका सबै भौतिक संरचना जंगलमा परिणत भएको छ ।

कार्यालय परिसरमा चारैतिर जंगल भएको कारण त्यहाँ खटिएको सुरुक्षा गार्डलाई समेत बसाईमा असहज भइरहेको अवस्था रहेको छ । जंगल झै देखिने कार्यालय परिसरको दृश्यले ट्रान्सफर्मरलाई समेत असर पार्दै गएको छ भने त्यहाँ भएको बिजुली लगायतको ब्यबस्थापन गरिएको छैन । कार्यालय परिसरको शौचालयको अवस्था पनि जीर्ण रहेको छ । नेपाल टेलिकम लाहान शाखाले कार्यालय सरसफाई प्रति ध्यान केन्द्रित नगर्दा यस कार्यालयको अवस्था जंगलमा परिणत भएको आम बुझाइ रहेको पाईन्छ ।

No photo description available.

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१