Siraha Times
ताजा समाचार

मिथिलामा झिझिया नृत्यको रमझम

  • असोज २४, २०८०
  • ११९९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, असाेज २४ । असाेज महिनामा नाचिने झिझिया लोक नृत्य खासगरी नेपालको मिथिला क्षेत्रको एक सांस्कृतिक लोक नृत्य हो । दशैको रमझममा प्रदर्शन गरिने यो नाच दुर्गा भवानीप्रति अर्पित छ । घटस्थापनाको दिनदेखि विजया दशमी सम्म लगातार दश साँझसम्म महिला र युवतीहरूले पाँचदेखि पन्ध्र जनाको समूहमा टाउकोमा माटोको घैँटो राखेर घुमाएर नाच्ने गरिन्छ । घैँटोभित्र बलिरहेको दियो र घैँटोमा बनाइएको प्वालको गणना गर्न बोक्सी सफल भएमा नर्तकीको मृत्यु हुने जनविश्वास रहिआएको छ ।

आफ्ना सन्तान र परिवारको सु स्वास्थ्य र दीर्घजीवनको कामनाको लागि नाचिने झिझिया लोक नृत्य पूर्व मन्त्रबाट सिद्ध गरि पाँचदेखि १५ जनासम्मका महिला टोलीमध्ये एक वा दुई महिलाले टाउकामा आगो बलिरहेको घैँटो राखेर हातको सहारा लिई नाच्दै गाउँको डीहिबार स्थानमा पुगेर पूजापाठ गरेर प्रत्येक दिन बेलुका झिझियाको औपचारिक सुरु गर्दछ । त्यसपछि घर घरमा गएर नृत्य देखाउने परम्परा छ , झिझिया प्रत्येक घरमा नाचेबापत नृत्य टोलीलाई दान स्वरूप रकम अन्न लगायतको सामग्री प्रदान गर्ने चलन पनि रहेको छ । संकलित चन्दा उपहारले विजया दशमीको दिन पूजा पाठ गरेर प्रसाद वितरण गरिन्छ र झिझिया लोकनृत्यकाे विसर्जन गरिन्छ ।

मिथिलामा झिझिया नृत्यको आफ्नै मौलिकता, पहिचान र इतिहास छ । घैँटोको मुखमा राखिएको ढकनामा आगो सल्काइन्छ । टाउकामा राखेर नृत्यका लागि झिझिया तयार हुन्छ । यसरी ढकनामा सल्काइएको आगो टाउकामा राखेर नृत्य गर्नु आफैँमा साहास र कलाको अलौकिक प्रदर्शन हो । घटस्थापनाको बेलुका देखि शुरू गरिने यो नृत्यको तयारी अहिले गाउँघरमा भइरहेको छ । सिरहाको धनगढीमाई १२ का बस्तीहरूमा झिझिया नृत्यको पूर्व तयारी भइरहेको अवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस

शान्ति पुनर्स्थापना ...

कपिलवस्तु, भाद्र २२ । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूप् ...

लहानमा गर्भवती तथा स ...

रहमुल, लहान, २२ भदौ । सिरहाको लहान नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाको पोषण अवस्था सुधार ग ...

बाढीपीडितको पीडामा म ...

रंजित चौरसिया वीरगंज २२ भदौ। रसुवा जिल्लामा हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१