ताजा समाचार

सिरहामा लागुऔषध सहित दुई जना पक्राउ

  • असोज २३, २०८०
  • १०९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम लहान - सिरहामा लागुऔषध सहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिराहाको गोलबजार नगरपालिका– ४ स्थित पूर्वबाट पश्चिमतर्फ जादै गरेको बा.६३प ९१९६ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा प्रतिबन्धित औषधिहरू बरामद भएको प्रहरीले जनाएको छ। गोप्य सूचनाको आधारमा खटिएको प्रहरी निरीक्षक सुनील कार्कीको कमान्डमा लागुऔषध नियन्त्रण ब्युरोले चेकजाँच गर्दा प्रतिबन्धित औषधिहरू बरामद गरेको हो।

पक्राउ परेका मोटरसाइकल चालक लहान नगरपालिका– २१ माधोपुरका २१ वर्षीय अर्जुनकुमार राम र सोही मोटरसाइकलकाे पछाडिमा सवार लहान नगरपालिका– २० हरिनगरका ३५ वर्षीय रामानन्द दासलाई नियन्त्रणमा लिएको छ। उनीहरूले कपडाको ब्यागभित्र तीनवटा प्लास्टिकको पोकामा प्रोमेटसाजिन हाइड्रोक्लोराइड दुई एमएलका चार सय ८७ एम्पुल, डाइजेपाम इन्जेक्सन चार सय ९८ एम्पुल, बुर्फेनोर्फिन इन्जेक्सन चार सय ९० एम्पुल लुकाएर ल्याएका जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डिएसपी रवीन्द्रराज पाण्डेले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

रकमको बलमा सनाखत नाम ...

रन्जित चौरसिया वीरगंज २२ असोज । सनाखत नामसारीको कार्य गरेर बिवादित बनेका अधिकृत रामसुन्दर महतोको काल ...

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤