Siraha Times
ताजा समाचार

उध्योग ब्यापार संघ द्वारा गल्ती स्विकार,अनुगमनकारी र ब्यापरी बिच बर्तामा सहमाती

  • असोज १९, २०८०
  • ९२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

प्रदिप सिंह  सिरहा, १८ असोज । गोलबजारमा हिजो अनुगमनकारी र ब्यापारीहरु बिच भएको बिबाद बर्तामा सहमती भएको छ ।बजार अनुगमन गर्ने क्रम्मा अनुगमनकारी र ब्यापारीहरु बिच भएको बिबादको बारेमा आज जिल्ला प्रशासन कार्यलय सिरहामा दुई पक्षबिच बर्तामा सहमती भएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेब पान्डेले जान्कारी दिनुभएको छ ।

यता, घरेलु तथा साना उध्योग कार्यलय लहानका प्रमुख दिपेन्द्र यादबले " दुई पक्ष बिच भएको बर्तामा उद्योग बाणिज्य संघ गोलबजारका अध्यक्ष बिजय साहले आफुहरुबाट गल्ती भएको भन्दै गल्ती स्विकार गरेपछी दुई पक्ष बिच बर्तामा सहमती भएको " जनाए । प्रमुख यादबले,आफुहरुलाई एक सता पछि पुन: अनुगमनमा आउन अध्यक्ष साहले आग्र्ह समेत गरेका छ्न ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विरगंज तथा घरेलु तथा साना उद्योग कार्यलय लहानका प्रतिनिधिहरुले हिजो बजार अनुगमनको क्रम्मा ब्यापारिहरुले आफुहरु माथी हातपात गरेको आरोप समेत लगाएका थिए ।

सिरहाको गोलबजारमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विरगंज तथा घरेलु तथा साना उध्योग कार्यलय लहान र गोलबजार नगरपालिकाका उप-प्रमुखको संयुक्त टोलीले शान्तिपूर्ण रुपमा बजार अनुगमन गर्दै गरेको अवस्थामा ब्यापारीहरुले हातपात र ढुंगा मुडा गरी बजार अनुगगमनमा बाधा पुराएका थिए ।

आज जिल्ला प्रशासन कार्यलय सिरहामा बसेको संयुक्त  बैठकमा नियमन निकाय बिच सहमति भइ बैठक सहमति नजिक पुगेको बैठकलाई उद्रिद गर्दै हाम्रा सम्बाददाताले जनाएका छन् ।  

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१