प्रदिप सिंह सिरहा- १४-असोज। सिरहास्थित बोर्डरबाट ५० लाख मूल्य बराबरको अवैद्य कपडा बरामद गरिएको छ । शुक्रबार राती राजस्व अनुसन्धान कार्यालय इटहरीको एक टोलीले सिरहाको एक विद्यालयमा लुकाई राखिएको लाखौँको कपडा बरामद गर्न सफल भएको हो । विभागको कर्मचारी टोलीले शुक्रबार राति सिरहाको माडर भन्सार नाका नजिकैबाट झन्डै ५० लाख रुपैयाँ बराबरको चोरीको कपडा बरामद गरेको हो । दशैँमा बिक्री गर्ने उद्धेश्यले स्थानीय चन्द्रनारायण माविको प्रांगणस्थित आँपको बगैंचामा थुपारिएको कपडा सुराकीको आधारमा इटहरी कार्यालय प्रमुख सुरेश आचार्यको नेतृत्वमा गएको सशस्त्र प्रहरीसमेतको टोलीले नियन्त्रणमा लिएको हो ।
सर्टिङ सुटिङका कपडा, सारी, तयारी पोसाक लगायतका सामान बरामद गरिएको छ । सामान इटहरी कार्यालयमा लगेर यकिन गरिने जानकारी आचार्यले दिए । राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानका अनुसार सीमामा ठूलो परिमाणमा कपडा संकलन गरेर काठमाडौं ल्याउने तयारी भएको सूचनाका आधारमा कपडा बरामद गरिएको हो । खुला नाका भएकाले दसैंलाई लक्षित गरेर चोरीपैठारीबाट कपडा संकलन गरेर व्यापारीले ट्रकमा राख्ने तयारी गरेका बेला बरामद भएको हो । केही सामान भने बरामद हुनुअगावै ट्रकमा लोड गरेर अन्यत्र लगेको स्रोतले बतायो ।
केही समयअघि उक्त कार्यालयले ११ गाँड कपडा सोही स्थानबाट बरामद गरेर एक जनालाई धरौटीमा छाडेको थियो । उक्त सामान व्यक्तिको घरबाट बरामद गरिएको थियो । व्यक्ति पक्राउ गर्ने र मुद्दा चलाउने भएपछि तस्करहरूले चोरीको सामान खुला चौरमा संकलन गरेर ट्रकमा लोड गर्न थालेका हुन् । महानिर्देशक ढुंगानाले चाडबाडमा खुला सीमाबाट चोरी पैठारी बढ्ने भएको सतर्कता अपनाइएको बताए ।
कपडा भित्र्याउन खिरौना प्रहरीका ईन्चार्ज दुर्गा यादवको संलग्नता नेपाल–भारतसीमा स्थित रहेको खिरौनाका ईन्चार्ज दुर्गा यादवको विशेष संलग्नतामा सो लाखौँको कपडा छिराईएको जनाईएको छ । बोर्डरमै रहेको प्रहरी चौकीको नाक अगाडीबाट ट्रकभरिको समान ल्याउन सम्भवन नै नभएको अवस्थामा ईन्चार्ज यादवको सँलग्नतामै सो कपडा आएको बताईएको छ ।
विगत एक सातादेखिको कसरत गरी ईन्चार्ज यादवले सो कपडा नेपाल भित्र्याउन तस्करलाई मदत गरेको बताईएको छ । काठमान्डौँ पठाउने तयारी गरिएको सो लाखौँको कपडाको लागि ईन्चार्ज यादवले पनि १० लाख रुपैयाँ लिएको श्रोतको दाबी छ । ईन्चार्ज यादवले ३ ट्रक कपडा वापत १० लाख रुपैयाँमा डील गरेको बताईएको छ ।
ईन्चार्ज यादवले एक्लै १० लाख रुपैयाँ खाने भएपछि उनकै कर्मचारीले माथिल्लो निकायमा खवर पुरयाएको दाबी स्रोतको छ । ईन्चार्ज यादवले यसअघि पनि करोडौँको समानलाई हरिझण्डी दिने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
लहानमा दुई अर्ब लागतको मुटु अस्पताल निर्माण हुने ऐतिहासिक कदम, HDCL को प्रथम वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
बलान विहुलमा कांग्रेसको घरदैलो अभियान तीव्र, “अधूरा काम पूरा गर्न अन्तिम उम्मेदवारी” – तेजुलाल चौधरी
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic