अवैध सामान प्रहरीले गरे बरामद

  • असोज १३, २०८०
  • ६६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल सिराहा असाेज १३ । पाल्पा प्रहरीले राजस्व छली गरेको सामान बरामद गरेको छ । बिहान करिब १०:३० बजेको समयमा पाल्पाको तिनाउ गा.पा. को ३ निकासी स्थित सिद्दार्थ राजमार्गमा बुटवलबाट पाल्पातर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१०२५ च १९८७ नम्बरको पिक अप भ्यानलाई प्रहरी चौकी दोभानले चेकजाँच गर्ने क्रममा बिल भौचर नभएको अन्दाजी मुल्य रु.८७,६६०/-(सतासी हजार छ सय साठी) मूल्य बराबरको क्याटिक सोडा ८ बोरा, टायल किलिनर ४०१ पिस ,फिनेल ७४ पिस, हार्पिक २० पिस सामानहरु बरामद गरेको छ । 

चेक जाँचको क्रममा प्रहरीले चालक र सवारी साधनलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाएको प्रहरीले जनाएको छ । त्यस्तै आज करिब अन्दाजी १५:४५ बजेको समयमा तानसेन न.पा. ६ बसपार्कबाट खटिएको प्रहरी टोलीले बुटवल देखि पाल्पातर्फ आउँदै गरेको लु ३ च १०७० नम्बरको पिकअप भ्यानलाई चेकजाँच गर्ने क्रममा बिल भौचर नभएको प्लाष्टिकबाट बनेका अन्दाजी मुल्य रु. १,८८,२००।–(एक लाख अठासी हजार दुई सय)बराबरको सामानहरु बरामद गरी चालक र सवारी साधन सहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी राजस्व अनुसन्धान कार्यालय बुटवल पठाएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

७० औं प्रहरी दिवस २० ...

रहमुल लहान १ कात्तिक । जिल्ला प्रहरी कार्यालय सिरहामा ७०औं प्रहरी दिवसको अवसरमा विशेष कार्यक्रम ...

नहरा चौकमा टेम्पु चा ...

रहमुल लहान १ कात्तिक । लहान–ठाडी सडकखण्डको नहरा चौकमा आज बिहान टेम्पु चालकहरूले आक्रोशित हुँदै ...

लक्ष्मीपुर पतारी–६ क ...

लहान, ३० असोज । लक्ष्मीपुर पतारी गाउँपालिका ६ सितापुर पासवान टोलकी करीब १३ वर्षीया रुमा पासवान यतिबे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१