Siraha Times
ताजा समाचार

अवैध सामान प्रहरीले गरे बरामद

  • असोज १३, २०८०
  • ७८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल सिराहा असाेज १३ । पाल्पा प्रहरीले राजस्व छली गरेको सामान बरामद गरेको छ । बिहान करिब १०:३० बजेको समयमा पाल्पाको तिनाउ गा.पा. को ३ निकासी स्थित सिद्दार्थ राजमार्गमा बुटवलबाट पाल्पातर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१०२५ च १९८७ नम्बरको पिक अप भ्यानलाई प्रहरी चौकी दोभानले चेकजाँच गर्ने क्रममा बिल भौचर नभएको अन्दाजी मुल्य रु.८७,६६०/-(सतासी हजार छ सय साठी) मूल्य बराबरको क्याटिक सोडा ८ बोरा, टायल किलिनर ४०१ पिस ,फिनेल ७४ पिस, हार्पिक २० पिस सामानहरु बरामद गरेको छ । 

चेक जाँचको क्रममा प्रहरीले चालक र सवारी साधनलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाएको प्रहरीले जनाएको छ । त्यस्तै आज करिब अन्दाजी १५:४५ बजेको समयमा तानसेन न.पा. ६ बसपार्कबाट खटिएको प्रहरी टोलीले बुटवल देखि पाल्पातर्फ आउँदै गरेको लु ३ च १०७० नम्बरको पिकअप भ्यानलाई चेकजाँच गर्ने क्रममा बिल भौचर नभएको प्लाष्टिकबाट बनेका अन्दाजी मुल्य रु. १,८८,२००।–(एक लाख अठासी हजार दुई सय)बराबरको सामानहरु बरामद गरी चालक र सवारी साधन सहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी राजस्व अनुसन्धान कार्यालय बुटवल पठाएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१