Siraha Times
ताजा समाचार

न्यायको खोजीमा आरती शाह

  • असोज १३, २०८०
  • ८२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, असोज १३ । राष्ट्रमा न्यायको खोजीमा आम नेपाली भौतारिरहेको अवस्था रहेको पाईन्छ । न्यायको लागी अदालतको ढोका चहारेर थकित भएकी आरती शाहकी परिवार यतिबेला माइतीघर मण्डलामा सरकार र न्यायको प्रतिक्षामा बसिरहेकी छिन । उनको मागको बारेमा बोल्नका लागि कोही तयार छैनन् । राष्ट्रमा कुनै नेताको स्वास्थ्यमा सामान्य खराबी आउने बित्तिक्कै सडकदेखि सदनसम्म हल्लिने हाम्रो देशमा एउटी नारी मारिदा पनि न्यायको खोजीमा राजधानी धाउनुपर्ने कस्तो बाध्यता ? दाइजोको निहुमा मारिएकी आरती साहको न्यायको लागि उनको परिवारजन बिगत १०५ दिनदेखी काठमाडौँको माइतीघरमा आन्दोलनरत रहेको छ ।

उनको लागी सडक र सदन हलाउनु त कहाँ हो कहाँ ? आरती साहको न्यायको लागि जनताहरु पनि एक शब्द बोल्न सकिरहेको छैन । कहाँ गए मधेश सरकार ? कहा गए मधेशि आयोग ? मधेश प्रदेशको मुख्यमन्त्रीको नजर यहाँ सम्म किन पूग्न सकेको छैन ? गृह मन्त्रीको नजर उनको न्यायसम्म नपुग्नु सरकार असफल भएको स्पष्ट बुझ्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१