प्रतिबन्धित औषधीसहित मानिस पक्राऊ

  • असोज १०, २०८०
  • ७४८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, असाेज १० । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं.७ बस्ने बर्ष ५० को बिरेन्द्र कुमार झाले आफ्नै घरमा प्रतिबन्धित औषधी संचय गरी बिक्री बितरण गरी रहेको भन्ने बिशेष सुचनाको आधारमा उनलाई पक्राऊ गरिएको छ । ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी निरीक्षक सहितको टोली र चौदण्डीगढी नगरपालिका स्वास्थ्य शाखाको स्वास्थ्य उप-प्रमुख लक्ष्मी प्रसाद चौधरी समेतको टोलीले घर खानतलासी गर्ने क्रममा उनको घरबाट प्रतिबन्धित औषधीहरु फेला परेको थियो ।

उनको घरबाट प्रतिबंधित औषधिहरु ट्रामाडोल १० बट्टामा ३०२ पत्ता (जम्मा ३०२० ट्याबलेट), स्पासेन ४ बट्टामा २१६ पत्ता (जम्मा २१६० ट्याबलेट), ओपिडोल १५ बट्टामा २१० पत्ता जम्मा २१०० ट्याबलेट) फेला परेको थियो । बरामद औषधि सहित पक्राऊ गरिएको झालाई अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय बेल्टारमा ल्याएपछि बिरेन्द्र कुमार झाको स्वास्थ्यमा समस्या देखा परेपछि उपचारको लागि आफन्तलाई जिम्मा लगाईएको थियो । बरामद औषधि आवश्यक कार्वाहीको लागि औषधी ब्यवस्था विभाग बिराटनगर पठाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

लहानमा अन्तरविद्यालय ...

लहान, २ असार । स्थानीय स्तरमा नयाँ प्रतिभाहरूको खोजी र सम्मान गर्ने उद्देश्यले सिरहाको लहानमा &ldquo ...

आ.बि.सखुवामा अभिभावक ...

रहमुल सखुवानन्कारकट्टी २ असार । "कला संस्कृति हाम्रो स्वाभिमान । समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिच ...

कतारमा सामाजिक कार्य ...

रामएकवाल राम दोहा :- समाज सेवा गर्ने रहर हुँदैमा समाज सेवा गर्न सम्भव छैन । जुन काम प्रवासमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१