ताजा समाचार

दोहोरो नागरिकताका साथ आलम

  • असोज ९, २०८०
  • ९८९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, असाेज ८ । नेपाली राजनीतिक बृत्तमा घटना परिघटनाहरु बाहिरी रहेको अवस्थामा राष्ट्रिय युवा संघका एक नेताले दोहोरो नागरिकता लिएको रहस्य बाहिरिएको छ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ मोरङका उपाध्यक्ष मोहम्मद मजहर आलमले दोहोरो नागरिकता लिएको पाईएको छ । मोरङ जिल्लाको विराटनगर महानगरपालिका- १७ रानीका स्थायी निवासी आलमले नेपालबाट बंशज नागरिकता लिएका हुन ।

चलाक आलमले छिमेकी राष्ट्र भारतको अररिया जिल्लाको यादव टोला शैफगंज ईदगाहाको शिफगंजबाट भारतीय नागरिकता समेत लिएको रहस्य बाहिरिएको छ । एउटै नागरिकले दुई राष्ट्रको नागरिकता धारण गर्न नहुने कानूनी व्यबस्था भएपनि उनले दोहोरो नागरिकता लिएर पनि नेपाली राजनीतिक दलका भातृ संगठनको रूपमा रहेको सम्मानित संगठनको गरिमामय पद धारण गर्नु चिन्ताको विषय हो । श्रोत सामाजिक सञ्जाल ।

प्रतिक्रिया दिनुहोस

रकमको बलमा सनाखत नाम ...

रन्जित चौरसिया वीरगंज २२ असोज । सनाखत नामसारीको कार्य गरेर बिवादित बनेका अधिकृत रामसुन्दर महतोको काल ...

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤