विश्व फार्मासिस्ट दिवसकाे अवसरमा दाङमा दिप प्रज्वलन कार्यक्रम

  • असोज ९, २०८०
  • ७३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स  असाेज ९ । विश्वभर हरेक वर्ष सेप्टेम्बर २५ लाई विश्व फर्मासिस्ट दिवसको रूपमा मनाईदै आएको छ। विश्वभर रहेका करिब एक सय ४४ फार्मेसी संगठन र चार लाख भन्दा बढी फर्मासिस्टहरु सदस्य रहेको अन्तर्राष्ट्रिय फर्मास्युटिकल महासंघ (एफ आइ पि) परिषद्को २००९ मा टर्किको स्तानबुलमा बसेको बैठकले गरेको निर्णय अनुसार हरेक वर्ष यो दिवस मनाईने गरिन्छ । बिश्व फार्मेसी दिवसको अबसरमा नेपाल फार्मेसी संघ दाङ शाखाद्वारा तुल्सिपुरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रम अघि लगाइएको नारामा ,’अवैध औषधि पसल बन्द गरौ’, ‘औषधिको समुचित प्रयोग गरौं’, ‘फार्मासिस्टको सल्लाहबाट मात्र औषधिको प्रयोग गरौ’, जस्ता नाराहरुसहित पम्पलेटहरु प्रदर्शन गरिएको थियो ।

विश्व फर्मासिस्ट दिवस देशैभरी “Pharmacy Strengthening Health System “भन्ने मुल नाराका साथ मनाईएको हो । दिवसका अवसरमा राजधानी काठमाडौँ लगाएत नेपालगञ्ज, धनगढी, बीरगञ्ज, बिराटनगरमा विविध कार्यक्रम गरी मनाइएको छ । दाङको तुलसीपुरमा दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम गरिएको छ । प्रत्येक वर्ष सेप्टेम्बर महिनाको २५ तारिकको दिन विश्वव्यापी रूपमा मनाइने “विश्व फार्मासिस्ट दिवस” नेपाल फार्मेसी संघ दाङ शाखाका अध्यक्ष सुलभ अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रम दीप प्रज्वलन गरी मनाइएको छ ।

आयोजित कार्यक्रममा जिल्लाका बिभिन्न फार्मेसी पेसाका व्यक्तिहरुको सहभागिता रहेको थियो । दिवसको अवसरमा सहभागी वक्ताहरुले हरेक अस्पतालले आफ्नै फार्मेसी संचालन गर्नु पर्ने नियम कार्यान्वयनमा लिएर आउनुपर्ने, औषधि बिक्री फर्मासिस्टले मात्र गर्नुपर्ने जस्ता कुराहरू प्रति आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस

नाई–ठाकुर समुदायका ल ...

बिसुनदेव सरदार सिराहा/ ३ भदौ ।  मधेस समाजका विभिन्न वर्ग र समुदायबीच आफ्नो पहिचान, अधिकार र सम् ...

वीरगंजको इनर्वागाउँ ...

रंजित चौरसिया / वीरगंज ३ भदौ । मुलूककै आर्थिक नगरीको रुपमा परिचित वीरगंजको इनर्वागाउँ तस्करीको हब बन ...

सखुवानन्कारकट्टीमा क ...

लहान । सिरहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका १ कटैयामा रहेको भी जनचेतना कृषि सहकारी संस्था लिमि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१