Siraha Times
ताजा समाचार

४६ लाख भन्दा बढी मुल्य बराबरको अवैध मालसामान बरामद

  • असोज ६, २०८०
  • ९०२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी / असाेज ६ । पश्चिम नवलपरासीको ईलाका प्रहरी कार्यालय महेशपुरबाट प्रहरी निरीक्षक फल बहादुर तामाङको कमाण्डमा खटीएको प्रहरी टोलीले मिति २०८०।०६।०५ गते राति ११:३० बजेको समयमा नवलपरासी जिल्लाकाे सरावल गाउँपालिका वडा नं ६ गुजरवाटोल स्थितमा भुजहवाबाट परासी तर्फ आउदै गरेको ना ६ ख ४७१६ नम्बरको कन्टेनरलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त कन्टेनर भित्र भन्सार छली गरि अबैध रुपमा ल्याउदै गरेको अन्दाजी २७ लाख ५० हजार ६ सय मुल्य बराबरको जुत्ता, चप्पल, ताला/चावी, कालो पेन, फुल स्प्रे पेंटिङ्ग ब्रस, एरबड, पेन्सिल, ईलेजर, प्रिन्टरमा प्रयोग हुने चारकोल कालो पाउडर लगायतका मालसामान र कन्टेनर अन्दाजी मुल्य रु.१९ लाख बराबर गरी जम्मा ४६ लाख ५० हजार ६ सय मुल्यय बराबरको मालसामान र सवारी साधन चालक नवलपरासी जिल्ला सरावल गा.पा. ५ धनगढवा बस्ने बिशाल थारु सिहत प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी प्रहरी नायब निरिक्षक रेशम बाेहराले जानकारी दिनुभयाे । बरामद सामान, कन्टेनर र चालक समेतलाइ आवश्यक कारवाहीको लागि आज भैरहवा भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१