४६ लाख भन्दा बढी मुल्य बराबरको अवैध मालसामान बरामद

  • असोज ६, २०८०
  • ७६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी / असाेज ६ । पश्चिम नवलपरासीको ईलाका प्रहरी कार्यालय महेशपुरबाट प्रहरी निरीक्षक फल बहादुर तामाङको कमाण्डमा खटीएको प्रहरी टोलीले मिति २०८०।०६।०५ गते राति ११:३० बजेको समयमा नवलपरासी जिल्लाकाे सरावल गाउँपालिका वडा नं ६ गुजरवाटोल स्थितमा भुजहवाबाट परासी तर्फ आउदै गरेको ना ६ ख ४७१६ नम्बरको कन्टेनरलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त कन्टेनर भित्र भन्सार छली गरि अबैध रुपमा ल्याउदै गरेको अन्दाजी २७ लाख ५० हजार ६ सय मुल्य बराबरको जुत्ता, चप्पल, ताला/चावी, कालो पेन, फुल स्प्रे पेंटिङ्ग ब्रस, एरबड, पेन्सिल, ईलेजर, प्रिन्टरमा प्रयोग हुने चारकोल कालो पाउडर लगायतका मालसामान र कन्टेनर अन्दाजी मुल्य रु.१९ लाख बराबर गरी जम्मा ४६ लाख ५० हजार ६ सय मुल्यय बराबरको मालसामान र सवारी साधन चालक नवलपरासी जिल्ला सरावल गा.पा. ५ धनगढवा बस्ने बिशाल थारु सिहत प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी प्रहरी नायब निरिक्षक रेशम बाेहराले जानकारी दिनुभयाे । बरामद सामान, कन्टेनर र चालक समेतलाइ आवश्यक कारवाहीको लागि आज भैरहवा भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

७० औं प्रहरी दिवस २० ...

रहमुल लहान १ कात्तिक । जिल्ला प्रहरी कार्यालय सिरहामा ७०औं प्रहरी दिवसको अवसरमा विशेष कार्यक्रम ...

नहरा चौकमा टेम्पु चा ...

रहमुल लहान १ कात्तिक । लहान–ठाडी सडकखण्डको नहरा चौकमा आज बिहान टेम्पु चालकहरूले आक्रोशित हुँदै ...

लक्ष्मीपुर पतारी–६ क ...

लहान, ३० असोज । लक्ष्मीपुर पतारी गाउँपालिका ६ सितापुर पासवान टोलकी करीब १३ वर्षीया रुमा पासवान यतिबे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१