फाइल फोटो
विनोद मण्डल, असोज १ सिराहा । नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा मनाउने गरिन्छ । भगवान् विश्वकर्मा सम्पूर्ण ब्रह्मान्डका वास्तुकार तथा सबै देवताहरुका आधिकारिक निर्माताको रुपमा परिचित उनलाई कलाका स्वामी, उत्तम शिल्पकार तथा सर्वश्रेष्ठ कालिगढ भनेर समेत चिनिन्छ साथै उनलाई सृष्टिका रचयिता भगवान् ब्रह्मका सातौं धर्मपुत्रको रुपमा पनि चिनिन्छ । विश्वकर्मा पूजाको दिन उद्योग, कलकारखाना र हरेक किसिमका मेसिनहरूको पूजा आजा गर्ने गरिन्छ ।
एक कथन अनुसार भगवान महादेवले ब्रह्म र विष्णुलाई सृष्टिको सृजना र पालनको जिम्मेवारी दिएका थिए । उक्त आदेशको पालना गर्दै विश्वकर्माले विश्वकै पहिलो इन्जिनियरको रूपमा पाताल, मर्त्यलोक र स्वर्गलोक लगाएत तीनै लोकको निर्माण गरे । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको जनविश्वास रहिआएको छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मान्ने गरिन्छ । नेपालको राजधानी शहर लगाएत सातै प्रदेशहरूमा आज धुमधामसँग यो पूजा मनाईदै छ । सिरहाको सदरमुकाम लगाएत लहान , धनगढी ,गोलबजार , चोहर्वा, मिर्चैया लगाएत टोलबस्तिमा समेत पूजा मनाईदै छ ।
प्रतिक्रिया दिनुहोस
सुखीपुरमा १९ करोड १५ लाखको लागतमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा, गुणस्तरीय स्वास्थ्य सेवाको अपेक्षा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved