नवराजपुरमा एक महिलाको शव फेला हत्याको आसङ्का

  • भदौ ३१, २०८०
  • ९९६ पटक पढिएको
  • सिरहा टाइम्स
alt फाइल फोटो

रामएकवाल राम, रहमुल राईन लहान : सिरहामा एक महिलाको शव फेला परेको छ । नवराजपुर गाउँपालिका-५ देवनगरकी २१ वर्षीया प्रेमदेवी यादवको शव शनिबार साँझ आफ्नै घरमा फेला परेको हो । शव फेला परेको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय पतारीका प्रहरी निरीक्षक गोविन्द लाल कर्णको कमाण्डमा प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । घटनाको प्रकृति हेर्दा शंकास्पद रहेकाले घटना कसरी भयो भन्ने बारेमा अहिले नै भन्न नसकिने प्रहरी निरीक्षक कर्णले बताए ।

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका-३ चनर यादवकी छोरी प्रेम कुमारी यादव र नवराजपुर गाउँपालिका-५ देवनगर टोलका बद्री यादवको छोरा सुरेश यादवबीच २०७९ फागुन २६ गते मागी विवाह भएको माइती पक्षले जनाएको छ । विवाहको एक वर्ष नबित्दै विभिन्न प्रकारको यातना दिँदै आएको भन्दै माइती पक्षले यो आत्महत्या नभइ हत्या भएको हुन सक्ने आरोप लगाएको छ । मृतकका श्रीमान रमेश यादव र जेठानी फरार रहेको प्रहरी निरीक्षक कर्णले बताए । मृतक यादवको शव पोस्टमार्टमक‍ा लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

कपिलवस्तु प्राविधिक ...

कपिलवस्तु, माघ १७ । कपिलवस्तु मा २०५४ सालमा स्थापित कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा प्रशिक्षणरत पहि ...

सामाजिक उत्तरदायित्व ...

ओम प्रकाश यादव लहान, माघ १७ । सिरहा जिल्लाको लहान नगरपालिका वडा नं. ३ मा अवस्थित नाइटिङ्गेल स्कुलका ...

सिराहा–१ को चुनावी म ...

लहान माघ १७ । आसन्न निर्वाचनलाई लक्षित गर्दै सिराहा निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी गतिविधि तीव्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१