Siraha Times
ताजा समाचार

नवराजपुरमा एक महिलाको शव फेला हत्याको आसङ्का

  • भदौ ३१, २०८०
  • ११४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt फाइल फोटो

रामएकवाल राम, रहमुल राईन लहान : सिरहामा एक महिलाको शव फेला परेको छ । नवराजपुर गाउँपालिका-५ देवनगरकी २१ वर्षीया प्रेमदेवी यादवको शव शनिबार साँझ आफ्नै घरमा फेला परेको हो । शव फेला परेको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय पतारीका प्रहरी निरीक्षक गोविन्द लाल कर्णको कमाण्डमा प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । घटनाको प्रकृति हेर्दा शंकास्पद रहेकाले घटना कसरी भयो भन्ने बारेमा अहिले नै भन्न नसकिने प्रहरी निरीक्षक कर्णले बताए ।

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका-३ चनर यादवकी छोरी प्रेम कुमारी यादव र नवराजपुर गाउँपालिका-५ देवनगर टोलका बद्री यादवको छोरा सुरेश यादवबीच २०७९ फागुन २६ गते मागी विवाह भएको माइती पक्षले जनाएको छ । विवाहको एक वर्ष नबित्दै विभिन्न प्रकारको यातना दिँदै आएको भन्दै माइती पक्षले यो आत्महत्या नभइ हत्या भएको हुन सक्ने आरोप लगाएको छ । मृतकका श्रीमान रमेश यादव र जेठानी फरार रहेको प्रहरी निरीक्षक कर्णले बताए । मृतक यादवको शव पोस्टमार्टमक‍ा लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१