Siraha Times
ताजा समाचार

नारायणी अस्पतालका पूर्व स्टोर प्रमुख यादव, लेखापाल माझी र हाल कार्यरत्त अधिकारीको मिलोमतोमा लाखौंको सामग्री गायब

  • भदौ ३०, २०८०
  • ८३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज ३० भदौ । नारायणी अस्पताल वीरगंजमा तत्कालिन स्टोर प्रमुख नायब सुब्बा सुशिल यादव, लेखापाल सुदिप माझी र हाल नारायणी अस्पताल मै कार्यरत्त सहायक स्टोर प्रमुख खरीदार दामोदर अधिकारीको मिलोमतोमा लाखौंको सामान विक्रि गरेको स्थानियहरुले आरोप लगाएका छन् । अस्पतालको पश्चिमतर्फ जिर्ण अवस्थामा रहेको भवन केही महिना पहिला भत्काएर त्यहाँ नयाँ भवन निर्माण भईरहेको छ । सो पुरानो भवनबाट निस्केको झ्याल, ढोका, कुर्सी, सोफा, फर्निचर लगायत हार्डवेरका अधिकांश समानहरु गायब पारी विक्रि गरिएको अस्पतालकै एक कर्मचारीले नाम नछाप्ने शर्तमा यस दैनिकलाई बताए ।

अस्पतालबाट निस्केका पुरानो समानहरु विक्रि गर्नु पर्दा निलामी प्रक्रियामा जानु पर्ने प्रावधान रहे पनि बिना निलामी ठिक (काम लाग्ने) अवस्थामा रहेका सामानहरु विक्रि गरिएको समाचार स्रोतले जनाएको छ । अस्पतालका तत्कालिन स्टोर प्रमुख यादव, लेखापाल माझी र हाल कार्यरत्त सहायक स्टोर प्रमुख अधिकारीले एक आपसमा तालमेल गरी आफ्नो व्यक्तिगत लाभको लागि असपतालका पुरानो समानहरु बिक्री गरि लाखौं रकम हिनामिना गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार पुर्व लेखापाल माझी, नायब सुब्बा यादव र वर्तमान खरीदार अधिकारीले आपसी तालमेल गरेर कैयो पटक नियम विपरीत पुरानो समान बिक्री गरेर, नक्कली बिलबिजक समेत पेस गरेर अस्पतालको बजेटबाट लाखौं रकम हिनामीना गरेको स्रोतको दावी रहेको छ ।

लेखापाल माझी हाल आन्तरीक राजस्व कार्यालाय वीरगंजमा, नायब सुब्बा यादव सहरी सघंन कार्यालयमा कार्यरत रहेका छन । यस बिषयमा सुब्बा सुशिल यादव संग सम्पर्क गरी प्रतिक्रिया लिन खोजदा आफुले कुनै सामानहरु विक्रि नगरेको र आफ्नो पालामा भवनबाट निस्केको सम्पूर्ण सामग्रीहरु त्यहि रहेको दाबी गरे । त्यसैगरी लेखापाल सुदिप माझीलाई सम्पर्क गरी प्रतिक्रिया लिन खोज्दा उनको फोन उठेन ।

त्यसैगरी खरीदार दाममोदर अधिकारी संग फोन गरी प्रतिक्रिया लिन खोजदा उनले अस्पतालको पुरानो भवनबाट निस्केको एउटा पनि सामान कहीं कतै नगएको र आफुहरुले विक्रि पनि नरेको बताए । पुरानो सबै सामानहरु अस्पतालमै रहेको दाबी गरे । यसैगरी नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंह सँग बुझदा अस्पतालको मेसु बस्ने भवन छेउको वाल भत्केको र सोमा पहिला गेट पनि नरहेको कारण रातीको समयमा केही सामग्रीहरु चोरी भएको बताए । भवनबाट निस्केको सामग्रीहरु काम नलाग्ने अवस्थामो रहेको थियो । अस्पतालले आधिकारीक रुपमा कुनै सामानको निलामी नगरेको समेत प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१