नारायणी अस्पतालका पूर्व स्टोर प्रमुख यादव, लेखापाल माझी र हाल कार्यरत्त अधिकारीको मिलोमतोमा लाखौंको सामग्री गायब

  • भदौ ३०, २०८०
  • ५३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज ३० भदौ । नारायणी अस्पताल वीरगंजमा तत्कालिन स्टोर प्रमुख नायब सुब्बा सुशिल यादव, लेखापाल सुदिप माझी र हाल नारायणी अस्पताल मै कार्यरत्त सहायक स्टोर प्रमुख खरीदार दामोदर अधिकारीको मिलोमतोमा लाखौंको सामान विक्रि गरेको स्थानियहरुले आरोप लगाएका छन् । अस्पतालको पश्चिमतर्फ जिर्ण अवस्थामा रहेको भवन केही महिना पहिला भत्काएर त्यहाँ नयाँ भवन निर्माण भईरहेको छ । सो पुरानो भवनबाट निस्केको झ्याल, ढोका, कुर्सी, सोफा, फर्निचर लगायत हार्डवेरका अधिकांश समानहरु गायब पारी विक्रि गरिएको अस्पतालकै एक कर्मचारीले नाम नछाप्ने शर्तमा यस दैनिकलाई बताए ।

अस्पतालबाट निस्केका पुरानो समानहरु विक्रि गर्नु पर्दा निलामी प्रक्रियामा जानु पर्ने प्रावधान रहे पनि बिना निलामी ठिक (काम लाग्ने) अवस्थामा रहेका सामानहरु विक्रि गरिएको समाचार स्रोतले जनाएको छ । अस्पतालका तत्कालिन स्टोर प्रमुख यादव, लेखापाल माझी र हाल कार्यरत्त सहायक स्टोर प्रमुख अधिकारीले एक आपसमा तालमेल गरी आफ्नो व्यक्तिगत लाभको लागि असपतालका पुरानो समानहरु बिक्री गरि लाखौं रकम हिनामिना गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार पुर्व लेखापाल माझी, नायब सुब्बा यादव र वर्तमान खरीदार अधिकारीले आपसी तालमेल गरेर कैयो पटक नियम विपरीत पुरानो समान बिक्री गरेर, नक्कली बिलबिजक समेत पेस गरेर अस्पतालको बजेटबाट लाखौं रकम हिनामीना गरेको स्रोतको दावी रहेको छ ।

लेखापाल माझी हाल आन्तरीक राजस्व कार्यालाय वीरगंजमा, नायब सुब्बा यादव सहरी सघंन कार्यालयमा कार्यरत रहेका छन । यस बिषयमा सुब्बा सुशिल यादव संग सम्पर्क गरी प्रतिक्रिया लिन खोजदा आफुले कुनै सामानहरु विक्रि नगरेको र आफ्नो पालामा भवनबाट निस्केको सम्पूर्ण सामग्रीहरु त्यहि रहेको दाबी गरे । त्यसैगरी लेखापाल सुदिप माझीलाई सम्पर्क गरी प्रतिक्रिया लिन खोज्दा उनको फोन उठेन ।

त्यसैगरी खरीदार दाममोदर अधिकारी संग फोन गरी प्रतिक्रिया लिन खोजदा उनले अस्पतालको पुरानो भवनबाट निस्केको एउटा पनि सामान कहीं कतै नगएको र आफुहरुले विक्रि पनि नरेको बताए । पुरानो सबै सामानहरु अस्पतालमै रहेको दाबी गरे । यसैगरी नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंह सँग बुझदा अस्पतालको मेसु बस्ने भवन छेउको वाल भत्केको र सोमा पहिला गेट पनि नरहेको कारण रातीको समयमा केही सामग्रीहरु चोरी भएको बताए । भवनबाट निस्केको सामग्रीहरु काम नलाग्ने अवस्थामो रहेको थियो । अस्पतालले आधिकारीक रुपमा कुनै सामानको निलामी नगरेको समेत प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस

गा.पा. अध्यक्ष यादवक ...

रहमुल लहान १६ बैशाख । सप्तरीको बलान बिहुल गाउँपालिकाको अध्यक्ष खेमचन्द्र यादवको नेतृत्वमा सुरक्षा प् ...

बलान बिहुलमा अपराध न ...

रहमुल लहान १६ बैशाख । सप्तरीको बलान बिहुल गाउँपालिकाको सभाहलमा १३ बैशाख स्थानीय तहमा अपराध न्यूनीकरण ...

मधेश प्रदेशका अर्थमन ...

दुर्गानन्द पासवान दोहा २८ अप्रील । मधेश प्रदेशका अर्थमन्त्री संजय यादवलाई कतारमा सम्मान गरेका छन।मधे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१