मिटर ब्याजीको अनौठो उजुरी : जग्गा किन्दा मिटर ब्याजीको उजुरी !

  • भदौ २७, २०८०
  • ३७७९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुधाम । धनुषामा एकजनाले आफूमाथी अनौठो किसिमको मिटर ब्याजीको उजुरी परेको दाबी गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका–१ का रामबाबु साहले आफूसँग कुनै प्रकारको आर्थिक लेनदेनको कारोबार नरहे पनि आफूमाथी मिटरब्याजीको उजुरी परेको आरोप लगाएका हुन् । साहले आफूमाथी जनकपुरधाम उपमहानगरपालिका–१८ की सावित्री गिरीले मिटरब्याजीको उजुरी दिएको आरोप लगाएका छन् । उनले गिरीसँग २०६५ भदौ ५ मा आफूले २५ लाख रुपैयाँमा घरजग्गा खरिद गरेको र अहिले आएर सोही विषयमा आफूमाथी मिटरब्याजको उजुरी दिएको आरोप लगाए । साहले गिरीसँग जग्गा खरिद गर्नुभन्दा अगाडी वा त्यसपछि आफ्नो कुनै प्रकारको आर्थिक लेनदेनको कारोबार नरहेको जिकिर गरे ।

उनले जग्गा २५ लाखमा खरिद गरेपनि १३ लाख ७० हजार २ सयको सरकारी मूल्यांकनमा जग्गा पास भएको बताए । जग्गा पास भएको केही दिनपछि गिरीले घर खाली गरेपछि आफूले नियमित रुपमा घरमा बास बसी भोगचलन गर्न थालेको साहले बताए । आफूहरु घरमा बास बस्न थालेको ६ महिनापछि २०६५ फागुन १३ मा आफ्नो ३ लाख ३० हजार रुपैयाँ बाँकी रहेको भनि गिरीले रेल्वे स्टेशन प्रहरी चौकीमा उजुरी दिएको साहले दाबी गरे । उजुरी पश्चात भद्रभलादमी तथा रोहबरमा छलफल हुँदा आफूले फेरी त्यो पैसा तिरेको उनले बताए । उक्त पैसा तिरिसकेपछि अब उपरान्त रामबाबुसँग कुनै प्रकारको बाँकी बक्यौता नरहेको कागज बनाइएको साहले बताए ।

पीडित साहले गिरीसँग आफ्नो कुनै आर्थिक कारोबार नरहेको र उनले बेचेको जग्गा आफूले किन्दा कसरी मिटर ब्याजी भएको प्रश्न गरे । उनले यदि यसरी कुनै व्यक्ति मिटर ब्याजी हुन्छ भने भोलीका दिन कोही कसैले कसैको जग्गा किन्दा सबै जग्गा किन्ने व्यक्ति मिटर ब्याजी हुने गुनासो गरे । यसमा आफू अन्यायमा परेकोले आफूले न्यायको लागि न्यायिक ढोका चहारिरहेको बताए ।आफूसंग सबै कागजात रहेपनी न्याय दिने निकायनै मौन बसेको उनले भने।

पीडित साहले आफ्नो घरमा भाडा लिएर बसिरहेका व्यक्तिहरुलाई अपमान जनक शब्दहरु प्रयोग गरेर घर खाली गर्न सावित्री गिरि र मिटर व्याजी पीडित संघर्ष समिति धनुषाका व्यक्तिहरुले जबर्जस्ती घरमा खाली गर्न धम्कीसमेत दिदै आइरहेको उनले आरोप लगाएका हुन। यता,उजुरी दिने सावित्री गिरिसंग यस विषयमा प्रतिक्रिया लिन पटकपटक फोन सम्पर्क गरेपनी उहाँसंग सम्पर्क हुन सकेनन् ।

प्रतिक्रिया दिनुहोस

सिराहा: भोलिदेखि सञ् ...

लहान — चैत, १८ गते । भोलि विहीवारबाट सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा एसईईलाई व्यवस्थित, अ ...

शुद्धोधन गाउँपालिकाम ...

कपिलवस्तु,चैत १८ । ​कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा युवतीहरूका लागि सुरक्षित र सहयोगी वातावरण सिर् ...

जलवायु मैत्री गाउँ प ...

रहमुल, लहान १७ चैत्र । जलवायु परिवर्तनका बढ्दो चुनौतीसँग जुध्दै दिगो कृषि प्रणाली विकास र किसान सशक् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१