ताजा समाचार

परवानीपुर गा.पा. ५ का वडा अध्यक्षका छोरा रुपेशद्वारा पत्रकार राहुल गुप्तामाथि मार्ने धम्की

  • भदौ २६, २०८०
  • ८७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीगंज, २६ भदौ । न्युज लेखेको भन्दै परवानीपुर गाउँपालिका वार्ड नं ५ का वडा अध्यक्ष रामेश्वर कलवारको छोरा जयप्रकाश भन्ने रुपेश गुप्ताले प्रहार डेलि डटकमका सञ्चालक पत्रकार राहुल गुप्तालाई मार्ने धम्की तथा नानाथरीका गाली गलौज गरेका छन्। प्रहार डेलि डटकमका सञ्चालक पत्रकार राहुल गुप्ताले २०८० साल भदौ २४ गते बाराको परवानिपुर गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष रामेश्वर कलवारले स्थानीयमाथि हातपात तथा दुर्व्यवहार गरेको समाचार सत्य तथ्य न्युज लेखेका थिए।

त्यही २०८० साल भदौ २४ गते बाराको परवानिपुर गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष रामेश्वर कलवारले स्थानीयमाथि हातपात तथा दुर्व्यवहार गरेको समाचारको निहुँमा परवानीपुर गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष रामेश्वर कलवारको छोरा जय प्रकाश भन्ने रुपेश गुप्ताले मेरो बुवाको न्युज किन लेखेको हो भन्दै मेरो फेसबुकको मैसेन्जरमा नानाथरीका गाली गलौज र मोबाइल नं ९८५५०३२९३९ बाट फोन गरी नानाथरीका गाली गलौज गर्दै धाकधम्की दिएको प्रहार डेलि डटकमका सञ्चालक पत्रकार राहुल गुप्ताले बताएका छन् ।

साथै वडा अध्यक्षका छोरा जयप्रकाश भन्ने रुपेश गुप्ताले नानाथरिका गाली गलौज र मोबाइल बाट फोन गरी नानाथरिका गालीगलौज, धाकधम्की दिएको सम्पूर्ण प्रमाण आफू सँग सुरक्षित रहेको पत्रकार गुप्ताले बताए।

प्रतिक्रिया दिनुहोस

रकमको बलमा सनाखत नाम ...

रन्जित चौरसिया वीरगंज २२ असोज । सनाखत नामसारीको कार्य गरेर बिवादित बनेका अधिकृत रामसुन्दर महतोको काल ...

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤