ताजा समाचार

डिआईजी मैनाली र एसएसपी पाण्डे छिमेकी भएको हुनाले कसैले केही गर्न नसक्ने ढिडौला पिटदै हुण्डीमा संलग्न राज साह तेली

  • भदौ २५, २०८०
  • ९९८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज २५ भदौ । सर्लाही जिल्ला निवासी वीरगंजमा स्थायी बसोबास गरिरहेका राज साह तेली र पर्सामा प्रहरी प्रमुखको जिम्मा पाएका हाल बरिष्ठ प्रहरी उपरिक्षक बेल बहादुर पाण्डे बीचको हुण्डी कारोबार सन्दर्भमा अडिओ रेकर्ड सञ्चारमाध्यमहरुमा सार्वजनिक भए पछि प्रहरी प्रधान कार्यालयले डिआईजी सुरेन्द्र मैनालीको नेतृत्वमा छानबिन समिति गठन गरेको सर्वविदितै नै छ । सो छानबिन समितिलाई प्रभावित पारिसकेको भन्दै हुण्डीमा संलग्न राज साह तेलीले ठाउं–ठाउंमा ठोकुवा गर्दै छाती चौडा गर्दै हिडिरहेको तेलीको निकटवर्तीहरु बताउदंछन् । तेलीले छानबिनको कमाण्डर सुरेन्द्र मैनाली रहेको र उनी एसएसपी पाण्डेको छिमेकी भएको हुनाले कसैले केही गर्न नसक्ने भन्दै ढिडौला पिटदै हिडेको उनको भनाईलाई उदृत गर्दै स्रोतले जनाएको छ ।

एसएसपी पाण्डे र पाण्डेमाथि छानबिन गर्न गठित समितिका संयोजक डीआईजी मैनालीको काठमाडौंको सुकेधारामा संगै घर रहेको बताईएको छ । आफनै छिमेकी रहेका पाण्डे माथि मैनालीले गर्ने छानबिन निष्पक्ष हुनेमा प्रहरी प्रधान कार्यालयकै अधिकारीको शंका रहेको स्रोतको भनाई रहेको छ ।

हुण्डीको कार्यले करोडौं करोड कमाउन सफल भएका राज साह तेली उनी आफ्न्तहरुको नाममा अकुत सम्पत्ति जोडेको निकटवर्तीहरुको भनाई रहेको छ । पर्सा र बारा जिल्लामा हुण्डी भरियाहरुलाई ठाउं–ठाउंबाट प्रहरीले समात्दा उनी भरियाहरुलाई छोडाउने दलालको रुपमा कार्य गर्ने गरेको स्रोतले जनाएको छ । बरिष्ठ प्रहरी उपरिक्षक पाण्डेले पर्सामा प्रहरी उपरिक्षक हुंदा “आफूनिकट” विभिन्न व्यक्तिको बैंक खाता दिएर हुन्डी कारोबारीलाई पैसा जम्मा गर्न लगाएको पुष्टि हुने अडिओ प्रमाण सहित समाचार प्रकाशित भएपछि प्रहरी प्रधान कार्यालयले छानबिन समिति बनाएको हो । तर सो समिति पाण्डे र तेली माथि अनुसन्धान गर्नु भन्दा पनि उनलाई “चोख्याउन”का लागि बनेको पछिल्ला केही ढिलासुस्तीले देखाएको अनुमान गरिदै छ ।

अडिओ रेकर्ड प्रमाणमा पाण्डेले पर्साका हुन्डी कारोबारी राज साह संग दिनेश नाम गरेका व्यक्तिको खातामा रकम जम्मा गर्न लगाएको सुनिन्छ । राज साहले “पांचको चेक” डिपोजिट गरिसकेको र “चालिसको चेक भोलि डिपोजिट” गर्ने भनेको अडिओमा प्रस्ट सुनिन्छ । देशको अर्थतन्त्र तहसनहस हुनुमा मुख्य कारण मध्ये एक मानिएको हुण्डी कारोबार पनि हो । हुन्डी कारोबारलाई अवैध विदेशी विनिमयका रुपमा लिइन्छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ ले अवैध विदेशी विनिमयलाई दण्डनीय मानेको छ ।

अवैध विदेशी विनिमय (हुण्डी) कारोबार गर्नेलाई बिगो जफत गरी बिगोको ३ गुणासम्म जरिवाना वा ३ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार हुण्डी कारोबारी विरुद्धको मुद्दा सरकारीवादी मुद्दा हो । हुन्डी कारोबार विरुद्धको अनुसन्धान पनि अरु फौजदारी कसुरमा जसरी नै हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस

रकमको बलमा सनाखत नाम ...

रन्जित चौरसिया वीरगंज २२ असोज । सनाखत नामसारीको कार्य गरेर बिवादित बनेका अधिकृत रामसुन्दर महतोको काल ...

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤