ताजा समाचार

यातायातका प्राविधिक ईन्जिनियर यादव र सुपरभाईजर ठाकुरले कार्यालयमा गाडी नआए पनि दुरुस्त रहेको प्रमाणित गर्दै

  • भदौ २४, २०८०
  • ९११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया ,वीरगंज २४ भदौ। यातायात व्यवस्था कार्यालय वीरगंजका प्राविधिक ईन्जिनियर नितेश्वर यादव र सुपरभाईजर पारस ठाकुरले आफ्ना फाँटमा ताण्डव मच्चाएका छन् । सो कार्यालयमा आएका सेवाग्रहीहरु सँग रकमको मोलमोलाई गरी गाडी जाँच्ने गर्ने गरेको बताईन्छ । रकमको भरमा गाडी जाँची काम नलाग्ने गाडीलाई पनि राम्रो छ भनि ईन्जिनियर यादवले सही गर्ने गरेको प्रमाण यस अनलाईन सँग सुरक्षित रहेको छ । सो प्राविधिक फाँटमा ईन्जिनियर यादवले सेवाग्रहीहरु सँग आफु घुसको रकम नलिई सोही फाँटमा रहेका एक बिचौलिया मार्फत लिने गरेको बताईन्छ । सो बिचौलिया कुनै किसिमको कर्मचारी नभए तापनि उनी कर्मचारीको हैसियतमा ईन्जिनियर यादवको निर्देशनमा कुरो छिनोफानो गरी रकम असुलीसके पछि मात्र ईन्जिनियर यादवले सही गर्ने गरेको बताईन्छ ।

भ्रष्टाचारको मामिलामा गन्हाईसकेका ईन्जिनियर यादवले कतिपय अवस्थामा गाडीहरु नआए पनि घुसको रकमको बलमा गाडी सही भएको अवस्थामा छ भन्दै सही गर्ने गरेको बताईन्छ । कुनै पनि गाडीको नविकरण वा नामसारी गर्नु परेमा कार्यालयमा गाडी ल्याउनु पर्ने अनिवार्य व्यवस्था रहे ता पनि ईन्जिनियर यादवले निश्चिित रकम लिई गाडी दुरुस्त रहेको भनि प्रमाणित गर्ने गरेको भुक्तभोगीहरु बताउदंछन् । करिब एक वर्ष अगाडि देखि वीरगंजमा कार्यरत्त रहेका ईन्जिनियर यादवले यस भन्दा अगाडि लहान, दाङ र हेटौडा यातायात व्यवस्था कार्यालयमा कार्यरत्त रही भ्रष्टाचार सम्बन्धमा अनुभव बटुलिसकेका सिपालु कर्मचारी रहेको उनका आसेपासेहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस

रकमको बलमा सनाखत नाम ...

रन्जित चौरसिया वीरगंज २२ असोज । सनाखत नामसारीको कार्य गरेर बिवादित बनेका अधिकृत रामसुन्दर महतोको काल ...

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤