ताजा समाचार

चमार कल्याण समाजद्वारा श्रम तथा रोजगार मन्त्री भण्डारीलाई बुझायो ज्ञापन पत्र

  • भदौ २३, २०८०
  • ९३९ पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकवाल राम काठमाडौ : नेपाली चमार जातिहरुको साझा संगठन चमार कल्याण समाज नेपाल उपत्यका काठमाडौं समितिले ६ बुदे माग सहित श्रम तथा रोजगार मन्त्रालयका मन्त्री शरदसिहं भण्डारीलाई ज्ञापनपत्र बुझाएको छ । नेपाली चमार जातिहरुको साझा संगठन चमार कल्याण समाज नेपाल नेपाल लगाएत विश्वको लगभग १२ वटा देशमा संगठित भएको छ।साथै आफनो समुदायका युवाहरुलाई स्वदेशमै रोजगार सृजना गर्नका लागि संस्थाले आफनो समुदायका लागि केही कार्य गर्दै आए पनि त्यो पुरा गराउन सकिरहेका छैनौं।

साथै संस्थाले बैदेशिक शाखाहरुले दिएका जानकारीका अनुसार सारा नेपाली चमार एवमं युवाहरुको तर्फबाट केही मागहरु राखेका छन। चमार कल्याण समाज नेपाल उपत्यका काठमाडौ समितिले काठमाडौमा चमार जातिहरुले गर्दै आईरहेको श्रम(जुत्ता चप्पल) सफा गर्नेहरुलाई सुरक्षा, सम्मान होस । , मलेसियामा हाम्रो समुदायका लगभग ५ जना श्रमिक र अन्य गरि लगभग १६१ जना गैरकानुनी रुपमा बसोबास गरिरहेकोले उहाहरुलाई यथासिघ्र उद्धार होस ज्ञापन पत्रमा उल्लेख गरेको छ।

खाडी मुलुकहरुमा चमार कल्याण समाज र एनआरएनएको डाटाको हिसाबले करिब ८०० भन्दा बढि श्रमिकहरु समस्यामा परेका र कुवेतमा गैरकानुनी रुपमा काठमाडौ एयरपोर्टबाटै सेटिगंमै धेरै चेलीहरु घरेलु कामदारको रुपमा पठाउने दलाल ९८२१९७३३४८ नम्बरले ममता कुमारी चमारसगं ३ लाख रुपैया लिएको , मलेसिया फ्रि भिषा, फ्रि टिकट भनेर सुबोध राम चमार सगं तिन लाख पचार हजार रुपैया शंकर साह भन्ने९८११२२३३४५ ,९८६१४४८६१३ नम्बर भएको दलालले ठगेकोलाई कारवाही होस ।

 

नेपाली बेरोजगार युवाहरुलाई स्वदेशमै रोजगारी सृजना गराउनुपर्ने । युवा स्वरोगार कार्यक्रममा देशकै सबै भन्दा बढि गरिबीको चपेटामा पारिएको समुदाय चमार , डोम , मुसहरका युवाहरुलाई समाबेस गराईयोस् माग ज्ञापनपत्र रहेको श्रम तथा रोजगार मन्त्रालयका मन्त्री शरदसिहं भण्डारीलाई उपत्यका समिति काठमाडौंका अध्यक्ष मनाेज कुमार रामले जानकारी दिनु भएको हाे ।

received_329057756186557

प्रतिक्रिया दिनुहोस

रकमको बलमा सनाखत नाम ...

रन्जित चौरसिया वीरगंज २२ असोज । सनाखत नामसारीको कार्य गरेर बिवादित बनेका अधिकृत रामसुन्दर महतोको काल ...

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤