शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सामग्री वितरण कार्यक्रम सम्पन्न

  • भदौ १८, २०८०
  • ५५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, भदौ १८ । सप्तरी जिल्लाको बलानबिहुल गाउँपालिकाको एक बिद्यालयमा शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । स्थानिय श्री जन्ता रा.प्रा.वि. टिकुलिया वडा न.३ मा टिकुलिया समाज सेवा युवा कल्बको आयोजनामा उदघाटन तथा सामग्री वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।

वडा अध्यक्ष राजकिशोर यादवको प्रमूख आथित्यमा आयोजित कार्यक्रममा स्थानिय समाजसेवी, बुद्धिजीवी, राजनीतिककर्मी विभिन्न संघ संस्थाका प्रतिनिधिहरु पत्रकार लगाएत स्थानियको सहभागितामा बालबालिकालाई सामग्री वितरण गरिएको बैजनाथ मण्डलले बताए । प्रमूख अथितिको आसनबाट बोल्दै अध्यक्ष यादबले वैदेशिक रोजगारीमा रहेका हाम्रा युवाहरुले साना साना बालबालिकाहरूको उज्ज्वल भविष्यको कामना गर्दै कल्बमार्फत गरेको सामग्री वितरण कार्यले समाजमा सकारात्मक परिवर्तनका लागि उनति र प्रगतिको ढोका खोलेको बताउनु भएको छ ।

कार्यक्रममा बिद्यालयका पदाधिकारीहरु लगाएत करिब २ सय आम अभिभावकहरुको उपस्थितिमा बिद्यालयमा अध्ययनरत गरीब , विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको थियो । स्थानिय स्तरमा चर्चामा रहेको टिकुलिया क्लबले गरेको सराहनिय कार्यलाई सहभागी वक्ताहरुले उज्जवल भविष्यको कामना सहित शुभकामना दिएका हुन । स्थानिय स्तरमा टिकुलिया क्लबले सामाजिक काम गर्दै आएको स्थानिय पत्रकार रासिन्द्र यादव बताउनुहुन्छ ।

सप्तरी : सप्तरीको बलान बिहुल गाउँपालिकाको रा.प्र.बि टिकुलिया विद्यायालयको उद्घाटन गरिएको छ । बलान बिहुल गाउँपालिका वडा नं-३ का वडा अध्यक्ष राजकिसोर यादवको प्रमुख आतिथ्यता तथा शिक्षा शाखा प्रमुख दिनेश मण्डलको विशिष्ट आतिथ्यतामा विद्यालय उद्घाटन गरिएको हो । अतिथि पूर्ववडा अध्यक्ष कपलेशवर मण्डलले उद्घाटन कार्यक्रममा सहजीकरण गरेका थिए । टिकुलिया समाज युवा क्लबका वरिष्ठ सहलाहकार बैजनाथ मण्डलले सो अवसरमा शैक्षिक सामग्री पनि वितरण गरिएको जानकारी दिए ।

वडा अध्यक्ष राजकिशोर यादवले क्लबले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर उदाहरणीय काम गरेको भन्दै धन्यवाद ज्ञापन गरे । विद्यालय व्यवस्थापनका अध्यक्ष सुरेश साह, उपाध्यक्ष राजदेव साह, कोषाध्यक्ष ललिता देवी मण्डललगायत युवाहरू विदेशमा रहेर पनि कल्बलाई संरक्षण गर्दै आाइरहेको चन्दन (धिरेन्द्र) मण्डलले बताए ।

प्रतिक्रिया दिनुहोस

सप्तरीको अग्निपीडितल ...

सप्तरी , बैशाख २० । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सप्तरीको महादेवा गाउँपालिका-१ चिम्ट ...

अन्तरक्रिया गरी मनाइ ...

सन्जु कुमारी दास लहान वैशाख २० । मर्यादित काम , श्रमको सम्मान , हाम्रो अभियान भन्ने मुल नारा का साथ, ...

अध्यक्षसहित ७५ जना क ...

लहान वैशाख २० । सिरहाका लक्ष्मीपुर पतारीमा जनता समाजवादी पार्टीमा पार्टी प्रवेश कार्यक्रम भव्यताका स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१