Siraha Times
ताजा समाचार

क्रिस्टियन धर्मका प्रचार गर्दै हिँडेका दुई स्थानियको फन्दामा , प्रचार स्थलमा लगाईयो कालो मोसो

  • भदौ १८, २०८०
  • ९३८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, भदौ १८ । लुम्बिनी प्रदेशको पछिम नवलपरासीको पाल्हिनन्दनमा क्रिस्टियन धर्मको प्रचार गर्दै हिँडेका दुई जनालाई स्थानियले कालोमोसो दलेर कारवाहीको लागि प्रहरीमा बुझाएका छन । घर घरमा पुगेर स्थानियको दैनिकीसँग जोडिएको विषय वस्तुहरू आफूहरुले दिने प्रलोभन बाड्दै धर्मको प्रचार गर्दै गरेको बखत प्रचारक स्थानियको कारवाहीमा परेका हुन ।

खानेपानीको धारा ल्याईदिने,पैसा दिने, जागिर लगाई दिने जस्ता लोभलालच दिँदै धर्म परिवर्तनको लागि हिँडेको आरोपमा पाल्हिनन्दन गाउँपालिका वाड नं १ सुनरीमा स्थानियहरुले बिहान २ जना ब्यक्तिलाई पक्राउ गरेर कालोमोसो दलेर प्रहरीलाई बुझाएका छन । सामाजिक सांस्कृतिक मर्यादा विपरित विभिन्न डर र प्रलोभनमा पार्दै धर्म परिवर्तन गराउदै हिंड्नु नैतिक ,समाजिक र कानुनी अपराध पनि हो ।

नवलपरासीको सदरमुकाम वरिपरि खुला रूपमा छ्यापछ्याप्ती चर्चहरुको निर्माण गर्दै धर्म परिवर्तन गराउँदै हिँडिरहेका स्थानीय हरूको आरोप रहेको छ । सदरमुकाम समीप रहेका ठाउँहरू घोर्पाली, जीतपुर लगाएतका ठाउँहरूमा चर्चको निर्माण गरेर कतिपय व्यक्तिका परिवारहरू उक्त चर्चमा परिवारसहित बस्दै आएका स्थानियले बताएका छन । धार्मिक सांस्कृतिक आस्थामाथि खेलबाड गर्दै हिड्ने क्रिस्टियन धर्मको आडम्बरलाई चौतर्फी बिरोध गरिनु पर्छ भन्ने मान्यता स्थानियको रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१