क्रिस्टियन धर्मका प्रचार गर्दै हिँडेका दुई स्थानियको फन्दामा , प्रचार स्थलमा लगाईयो कालो मोसो

  • भदौ १८, २०८०
  • ७५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, भदौ १८ । लुम्बिनी प्रदेशको पछिम नवलपरासीको पाल्हिनन्दनमा क्रिस्टियन धर्मको प्रचार गर्दै हिँडेका दुई जनालाई स्थानियले कालोमोसो दलेर कारवाहीको लागि प्रहरीमा बुझाएका छन । घर घरमा पुगेर स्थानियको दैनिकीसँग जोडिएको विषय वस्तुहरू आफूहरुले दिने प्रलोभन बाड्दै धर्मको प्रचार गर्दै गरेको बखत प्रचारक स्थानियको कारवाहीमा परेका हुन ।

खानेपानीको धारा ल्याईदिने,पैसा दिने, जागिर लगाई दिने जस्ता लोभलालच दिँदै धर्म परिवर्तनको लागि हिँडेको आरोपमा पाल्हिनन्दन गाउँपालिका वाड नं १ सुनरीमा स्थानियहरुले बिहान २ जना ब्यक्तिलाई पक्राउ गरेर कालोमोसो दलेर प्रहरीलाई बुझाएका छन । सामाजिक सांस्कृतिक मर्यादा विपरित विभिन्न डर र प्रलोभनमा पार्दै धर्म परिवर्तन गराउदै हिंड्नु नैतिक ,समाजिक र कानुनी अपराध पनि हो ।

नवलपरासीको सदरमुकाम वरिपरि खुला रूपमा छ्यापछ्याप्ती चर्चहरुको निर्माण गर्दै धर्म परिवर्तन गराउँदै हिँडिरहेका स्थानीय हरूको आरोप रहेको छ । सदरमुकाम समीप रहेका ठाउँहरू घोर्पाली, जीतपुर लगाएतका ठाउँहरूमा चर्चको निर्माण गरेर कतिपय व्यक्तिका परिवारहरू उक्त चर्चमा परिवारसहित बस्दै आएका स्थानियले बताएका छन । धार्मिक सांस्कृतिक आस्थामाथि खेलबाड गर्दै हिड्ने क्रिस्टियन धर्मको आडम्बरलाई चौतर्फी बिरोध गरिनु पर्छ भन्ने मान्यता स्थानियको रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

प्रादेशिक अस्पताल सि ...

नरेशचन्द्र बरबरिया सिरहा बैशाख ०६ गते । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस्पतालमा दिनप्रतिदिन बढ्द ...

मिटरब्याज विरुद्ध कि ...

सिरहाटाइम्स लहान वैशाख ६ । मिटरब्याज विरुद्ध किसन मजदुर आन्दोलन, नेपाल मिथिला कमाण्ड सिरहा जिल्ला सम ...

लहान एफ.सी.ले जित्यो ...

ओम प्रकाश यादव लहान, ३० चैत। सिरहाको सखुवानन्कारकटटी गाउँपालिका–१ मा आयोजित दोस्रो व ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१