Siraha Times
ताजा समाचार

अध्यक्ष बनैता भए कडा , मधेश महासंघद्वारा कारवाहीको माग

  • भदौ १६, २०८०
  • ९२९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, भदौ १६ । सिरहाको नवराजपुर गाउँपालिका वडा नं ३ मा पोखरी विवादको फोटो खिच्दै गरेको अवस्थामा एकाएक सांघातिक हमलामा परेका पत्रकारहरुको विषयमा नेपाल पत्रकार महासंघ सिराहा शाखाका अध्यक्ष मनोज बनैता कडा हुँदै , " पत्रकारलाई दुर्वव्यहार गर्नेको बचाऊको पक्षमा महासंघ कसैको सुन्नेवाला छैन । भुपमुनी नेताजीहरु, हजुरहरुको कसरत बेकार हो । नामै सार्वजनिक गर्नु नपरोस, पार्टीको नाम सहित " भन्दै आफ्नो निजी फेसबुक पेजमा लेखेपछि कानूनी कारवाही मागको दायरा फराकिलो भएको हो ।

सिरहाका वरिष्ट पत्रकार दिनेश्वर प्रसाद गुप्ता र जयनाथ यादवमाथि भएको अशोभनिय व्यवहारप्रति नेपाल पत्रकार महासंघ,प्रादेशिक कार्यसमिति मधेश प्रदेश , जनकपुरधामले प्रेस विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई कानुनी कारवाहीको माग गरेको छ ।

मधेश प्रदेशका जिल्लाहरूमा पत्रकारहरुमाथि भइरहेको आक्रमण प्रति स्थानिय प्रशासन र सरकार मौन देखिएको अवस्था र दोषीहरुलाई राजनीतिक संरक्षण प्राप्त भइरहेको कारणले मधेश प्रदेशका जिल्लाहरूमा निरन्तर रूपमा पत्रकारहरुमाथि भइरहेको आक्रमणले प्रेस स्वतन्त्रता कुण्ठित हुने अवस्थाको सिर्जना भएको अवस्थामा नागरिक समाज गम्भीर हुन जरुरी देखिएको छ ।

राज्यको चौथो अंगको रुपमा रहेको प्रेस जगतमाथि निरन्तर आक्रमण हुनु मौलिक हकमाथिको आक्रमण भएको आम बुझाई रहेको छ । नवराजपुर गाउँपालिका वडा नं ३ फुलवारिया स्थित सार्वजनिक पोखरीको विवादमा पालिकाको ट्र्याक्टर तोडफोड भइरहेको बेला फोटो खिच्न लाग्दा स्थानिय कमलेश यादवको नेतृत्वमा रहेको समूहले आक्रमण गर्दै पत्रकारको मोबाइल समेत लुटपाट गरेको थियो ।

घटनामा संलग्न कमलेश यादव यतिबेला प्रहरी हिरासतमा रहेको छ भने अन्य दोषीहरु फरार रहेको छ । पत्रकारमाथि आक्रमण गर्ने दोषीहरुमाथि कानूनी कारवाही नभएको खण्डमा पत्रकारहरु संघर्षमा उत्रिने चेतावनी मधेश प्रदेश पत्रकार महासंघका अध्यक्ष राजेश कुमार कर्णले प्रेस विज्ञप्तिमार्फत दिएका हुन ।

प्रतिक्रिया दिनुहोस

विद्यालय बसको दुर्घट ...

ओम प्रकाश यादव लहान, असार १६। सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिकामा विद्यालय बसको दुर्घटनामा ...

मुस्लिम समुदायका महि ...

ओम प्रकाश यादव लहान, असार १६। मुस्लिम समुदायका महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरण गर्ने उद्देश्यले ...

स्वच्छ तथा सफा घर अभ ...

ओम प्रकाश यादव लहान, असार १६। सिरहाको अर्नामा गाउँपालिका–२ स्थित महरा टोलमा प्लान इन्टरनेसनल न ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१