नवराजपुरमा पत्रकार गुप्ता माथि दुर्व्यवहार, महासंघको गम्भीर ध्यानाकर्षण

  • भदौ १२, २०८०
  • १०९६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा भाद्र १२ गते । सिरहाको नवराजपुर गाउँपालिका-३ फुलबरियास्थित सार्वजनिक पोखरीको विषयमा विवाद हुँदा सोमबार दिउँसो रिपोर्टिङ गर्न गएका नेपाल पत्रकार महासंघ सिरहाका निवर्तमान अध्यक्ष दिनेश्वर प्रसाद गुप्तामाथि भएको संघातीक हमलाप्रति नेपाल पत्रकार महासंघ सिरहा शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पालिकाको ट्याक्टर तोडफोड भइरहेको बेला फोटो खिच्न पुगेका निवर्तमान अध्यक्ष पत्रकार गुप्तामाथि स्थानीय २० वर्षीय कमलेश यादव नेतृत्वको एक समूहले अचानक हमला गरी मोबाइल लुटपाट गरेको थियो । उक्त घटनापछि एक विज्ञप्ति जारी गर्दै महासंघ सिरहा शाखाले यस्ता कार्य गर्नु प्रेस स्वतन्त्रताविरुद्धको काम भएको बताएको छ ।

रिपोर्टिङकै क्रममा रहेका अर्का पत्रकार जयनाथ यादवलाई समेत स्थानीय एक समूहले हातपात र गालीगलौज गरेको थियो । पत्रकारमाथि भएको यस्तो दुर्व्यवहारको कडारुपमा भत्सर्ना गर्ने बताउँदै महासंघ सिरहा शाखाले समाचारका विषयमा कुनै विमती भए त्यसको समाधान गर्ने कानूनी बाटो हुँदा हुँदै पत्रकारमाथि आक्रमण हुनु निन्दनीय रहेको बताएको छ ।

महासंघ सिरहा शाखाले पूर्वअध्यक्षको हातबाट लुटिएको मोबाइल फिर्ता गर्नुका साथै घटनामा संलग्नहरूकाे तत्काल खाेजी गरी कानूनी दायरामा ल्याउन जिल्ला प्रहरी कार्यालय सिरहासँग माग गरेको छ । यदि प्रहरी प्रशासनले तत्कालै कारबाही प्रक्रिया अगाडि नबढाए कडा संघर्षमा उत्रिने महासंघ सिरहा शाखाले जारी गरेको विज्ञपतिमा उल्लेख छ ।

कसरी भयो विवाद ?

सिरहाको नवराजपुर गाउँपालिका वडा ३ फुलवरीयास्थित पालिकाकै मातहतमा रहेको पोखरीमा माछा मार्न लाग्दा दुई पक्षीय झडप भएको थियो । नेपाल सरकारको स्वामित्वमा रहेको पोखरीमा पालिकाले माछा मार्न लाग्दा वर्षौंदेखि भोगचलन गर्दै आइरहेको शिवराम यादवको समूहले माछा मार्न र सुरक्षामा खटिएको प्रहरी र गाउँपालिकाका कर्मचारीमाथि ढुगांमुढा गर्दा दुई पछीय झडप भएको थियो ।

सोमबार पालिकाले प्रहरी र पत्रकारको रोहबरमा पोखरीमा महजाल प्रयोग गरेर माछा मार्न खोज्दा सरकारी पोखरीलाई निजीकरण गर्न खोजेको भन्दै ढुगांमुढा गरिएको थियो । स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले २६ र नेपाल प्रहरीले १० राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो । सो क्रममा आक्रोशित युवाहरुले पालिकाको ट्याक्टरसमेत तोडफोड गरेका थिए । यता कानून विपरीत कर्य गरी क्षति पुर्‍याउनेलाई करबाही गरिने पालिका अध्यक्ष शिव उदगार यादवले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सप्तरीमा नाबालिग दलि ...

रहमुल, लहान ९ चैत ।  सप्तरीको सुरुङ्गा नगरपालिका–३ लक्ष्मीपुरमा एक १४ वर्षीया दलित बालिका ...

बरकी पोखरीमा महा विष ...

रहमुल, लहान ९ चैत्र । सप्तरीको बलान बिहुल गाउँपालिका–६ स्थित बरकी पोखरी (ठाकुर बाबा पोखरी)को ड ...

रुपनीमा जलवायु उत्था ...

ओम प्रकाश यादव लहान चैत ८ । “सशक्त, समृद्ध, सम्मानित किसानः सबल महासंघ” भन्ने मूल नाराका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१