लहान , ६ भदौ । सिराहाको लहान नापी कार्यालयबाट अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबासका टोलीले एक कर्मचारीलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ। लहान नापीमा कार्यरत अमिन दिपरन्जन यादवले जग्गाधनी पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस,रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले आज बुधबार उनलाई पक्राउ गरेको छ। अमिन दिपरन्जन यादवलाई सेवाग्राहीबाट रु.१०,०००।– (दश हजार रुपैयाँ) घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बर्दिवासका प्रबक्ता भोला दाहालले जानकारी गराएको छ। सर्जमीन मुचुल्काको आधारमा नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको दाहालले बताए ।
प्रतिक्रिया दिनुहोस
सुखीपुरमा १९ करोड १५ लाखको लागतमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा, गुणस्तरीय स्वास्थ्य सेवाको अपेक्षा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved