Siraha Times
ताजा समाचार

अधिकाँश नीजि विद्यालय दलित छात्रवृत्ति लागु गर्दैनन्

  • भदौ ६, २०८०
  • १४५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक लहान, ६ भदौ । लहानका अधिकांश नीजि विद्यालयले दलित छात्रवृति नदिने गरिएको तथ्यांक सार्वजनिक भएको छ । सेभ द चिल्ड्रेन युएसको सहयोगमा नेपाल राष्ट्रिय दलित समाज कल्याण सँघ सिरहाले भदौं ४ गते लहानको नीजि विद्यालय अनुगमन गर्दा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो ।

निजी विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ को परिच्छेद ६ छात्रवृत्ति सम्वन्धी ब्यवस्थाको ६.१ मा कक्षाको पहिलो विद्यार्थीलाई शतप्रतिशत र दोस्रो विद्यार्थीलाई ५० प्रतिशत शुल्क मिनाह गरी जेहेन्दार छात्रवृत्ति उपलब्ध गराउनु पर्ने तथा ६.२ मा संस्थागत विद्यालयहरुले कूल विद्यार्थी संख्याको कम्तिमा दश प्रतिशतमा नघटाई जेहेन्दार, विपन्न, असहाय तथा गरिव, अपांग, महिला, दलित, जनजाति, द्वन्द्व पीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनु पर्ने ब्यवस्था रहे पनि अध्ययनका क्रममा वास्तविक्ता अर्कै फेला परेको सँघका अध्यक्ष मोहन पासवानले बताएका छन् ।

मधेशका डोम, चमार, मुसहर तथा पहाडका गाईने वादीलाई भौचरका आधारमा पढन पाउने सरकारी नीति रहेपनि कतिपय विद्यालयले त्यस्ता विद्यार्थीलाई ५ प्रतिशत मात्रै छुट दिएको, प्रक्रियागत रुपमा एउटा विद्यालयले पनि छात्रवृत्ति वितरण नगरेको, अधिकांश विद्यालयले ३ जनामा एक जना विद्यार्थीलाई निशुल्क पढाउने नीति अंगिकार गरेको, प्रथम र द्वितिय हुने विद्यार्थीलाई मात्र छुट दिएको, कतिपय विद्यालयले एक जना विद्यार्थीलाई पनि छुट नदिएको र अधिकांश विद्यालयले छात्रवृत्ति वितरण सम्वन्धि अभिलेख समेत नराखेको अनुगमनको क्रममा फेला परेको कार्यक्रम संयोजक वारिसलाल मोचीले बताए ।

नमुनाको लागि लहान स्थित परागन स्कूल, लिट्टिल स्टार र एसओए स्कूलमा दलित छात्रवृत्ति सम्बन्धी अनुगमन गरिएको छ । परागन स्कूलमा १२ सय ५० छात्रछात्रामा १ सयबढी दलित विद्यार्थी रहेका छन् । लिट्टिल स्टारमा १३ सयमा १ सय जति दलित विद्यार्थी रहेको भने एसओएस स्कूलमा ७ सय छात्रछात्रमा ५० जति दलित विद्यार्थी रहेका छन् । परागन स्कूलका संस्थापक प्रिन्सिपल उमेश चौधरीले‘ दलित विद्यार्थीलाई खोजेर ५० प्रतिशत छुट गरेको छु ।’

‘सतप्रतिशत छुट पनि छ ।’‘होस्टल त तिर्नु नै पर्छ ।’ लिट्टिल स्टारका संस्थापक प्रिन्सिपल जेपी चौधरीले ‘दलित छात्रवृत्ति लागु छ,दिँदै आएको छु ।’ ‘तर, कति विद्यार्थी हो त्यो तथ्याँक छैन ।’ एसओएसका कार्यकारी निर्देशक सुदीप कुशवाहाले ‘दलित छात्रवृतिको लागि पत्र पनि आएको छ । तर, अहिलेसम्म त्यस्तो छात्रवृति दिइएको छैन ।’ ‘विचार गर्दैछु , ऐन कानुन आफ्नो ठाउँ हो, दिनुपर्छ ।’

दलितलाई राहत दिँदै आएका कथित समाजसेवी लहान नगरपालिकाका मेयर महेश चौधरीको एपोलो ओम स्कूलमा समेत दलित छात्रवृत्ति लागु नभएको दावी गरिएको छ । अनुगमनमा सहभागी एक जनाले भने ‘राहत दिने मेयर चौधरी दलितलाई अधिकारबाट बंचित नगराउँनुपर्ने ?’

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१