ताजा समाचार

ईलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा अठार लाख साठी हजार बराबरको सामान बरामद

  • भदौ ३, २०८०
  • १२८० पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, भाद्र, ३ ईलाका प्रहरी कार्यालय कृष्णनगरले तीन लाख साठी हजार बराबरको भन्सार छलिको सामान गाडी सहित नियन्त्रणमा लिएको छ । पुरुषले प्रयोग गर्ने भित्री बस्त्र (कट्टु) थान २४०० (चौबीस सय) अन्दाजी मुल्य रू ३,६०,०००/ (तीन लाख साठी हजार ) बराबरको सामान भन्सार छली गरि भारतबाट नेपाल भित्र्याई काठमाडौ तर्फ लैजादै गरेको भन्ने गोप्य सूचनाको आधारमा ईप्रका कृष्णनगरका प्र. नि. लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी गस्ति टोलिले महाराज गन्ज नगरपालिका वडा न. ५ कन्चनिया बाट नियन्त्रणमा लिएको हो । काठमाडौ जिल्ला काठमाडौ महानगरपालिका वडा न. २ बस्ने बर्ष २३ को अनुप पन्तले चलाएको बा ४ च १५२३ नम्बर को निसान कम्पनीको डबल क्याप गाडीमा (गाडीको अन्दाजी मुल्य १५,००,००० ।- पन्ध्र लाख) समेतलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कपिलवस्तुका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक शैलेश्वरी बोहराले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

रकमको बलमा सनाखत नाम ...

रन्जित चौरसिया वीरगंज २२ असोज । सनाखत नामसारीको कार्य गरेर बिवादित बनेका अधिकृत रामसुन्दर महतोको काल ...

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤