Siraha Times
ताजा समाचार

र्यालीसहित सुजाता शाहको रिहाई अभियान

  • भदौ २, २०८०
  • ९८० पटक पढिएको
  • सिरहा टाइम्स
alt फोटो फेसबुकवाल बाट सभार गरिएको हो

विनोद मण्डल, भदौ २ । सिरहाको सदरमुकाम सिरहामा सुजाता शाहको रिहाईको लागि र्यालीसहित जुलुस प्रर्दशन गरिएको छ ।अनुचित लेनदेन (मिटर ब्याज)को नाममा झुठा मुद्दा गरी गिरीफदार गरिएकी भनिएकी सुजाता शाहलाई रिहाईको माग गर्दै पीडित लेनदेन संघर्ष समिति सिरहाले नारासहितको जुलुस प्रर्दशन गरेका हुन । विभिन्न पालिकाहरुबाट सदरमुकाम पुगेर जुलुशमा सहभागी सबैले हातमा प्ले कार्ड बोकेर नारा लगाउँदै जिल्ला अदालत सिराहा अगाडि, जिल्ला प्रहरी कार्यालय अगाडि र जिल्ला प्रशासन कार्यालय सिराहा अगाडि पुगेर नारासहित रिहाईको माग गरेका थिए ।

प्रहरी हिरासतमा रहेकी सिरहाको मिर्चैया नगरपालिका वाडा न ६ की ३५ वर्षीया सुजाता साहलाई मिटर ब्याजको आरोपमा मिर्चैया नगरपालिका वडा नं ५ की ममता देवी रायले दर्ता गराएको मुद्दामा साहलाई पक्राउ गरी प्रहरी हिरासतमा राखिएको हो । उनलाई अनुचित लेनदेन कसुरको शिलशिलामा प्रहरी हिरासतमा मुलुकी फौजदारी कार्यबिधि (सहिता ऐन) २०७४ को दफा १३ को उपदफा २ बमोजिम प्रहरी हिरासतमा अनुसन्धानका लागि राखिएको बुझिएको छ । संघर्ष समितिका जिल्ला अध्यक्ष धनेश्वर यादवको नेतृत्वमा उल्लेखनीय संख्यामा रिहाईको लागि सदरमुकाम सिराहा पुगेका सबैले सुजाता साहको रिहाईको लागि प्रदर्शन गरेको संघर्ष समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१