धनढ़िमाइ १२ का स्वास्थ्य प्रमुखका विदाई कार्यक्रम सम्पन्न

  • भदौ २, २०८०
  • ७५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २ भदौ हिजो सिरहाको धनगढीमाई १२ मा रहेको विष्णुपुर हेल्थ पोष्टका ईन्चार्ज अमर सिंह थारुको विदाई कार्यक्रम सम्पन्न गरिएको छ । हेल्थ पोष्टको सभा हलमा आयोजित कार्यक्रममा अनिवार्य अवकाश पछि थारुलाई एक औपचारिक कार्यक्रम गरी विदाई गरिएको हो । उक्त कार्यक्रम वडा अध्यक्ष जय प्रकाश शर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा अथितीहरु बलराम भक्त श्रेष्ठ , डोरेन्द्र फुयाल, रामकुमार शाह , स्वास्थ्य शाखा कार्यालय प्रमुख विन्देश्वर यादव लगायत स्थानिय समाजसेवी , बुद्धिजिबी, पत्रकार ,स्वास्थ्यकर्मी लगायतको उपस्थितिमा थारुलाई स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै विशेष सम्मान गर्दै विदाई गरिएको थियो । बिगत २०४६ साल देखि नै यो स्वास्थ्य क्षेत्रमा गर्दै आइरहेको र २०७६ सालमा विष्णुपुरकट्टीमा समायोजन गरि मलाई पठाउनु भएको थियो र २०७६ साल देखि नै आफु कुनै कसर न राखी निरन्तर बिना स्वार्थ जनता सेवा गर्दै आएको थिए र आज मेरो अवकाश भयो थारुले सम्बोधन गर्दै गर्दा भावुक भएका थिए ।

प्रतिक्रिया दिनुहोस

आफ्नै शरीर र प्रजनन् ...

संजु कुमारी दास, लाहान, असार ३।  गोलबजार नगरपालिकाको १३ औं वडाका १४ देखी २० वर्ष उमेर समुहका ३४ ...

७ दिने नाटक तालिम “अ ...

संजू कुमारी दास, लाहान असार ३, । गोलबजार नरपालिकाको विभिन्न वडाका किशोरी समुह, बालक्लबका १६ जना ...

समाजसेवामा समर्पित इ ...

लहान असार ३ । जीवनदान दिने सच्चा नायक मधेशको माटोमा जन्मिएर समाज र जनताको पीडा आफूमाथि बोकेर निःस्वा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१