रहमुल लहान २ भदौ सप्तरीको बलान बिहुल गाउँपालिकामा आज गा.पा. अध्यक्ष खेमचन्द्र यादव नेतृत्वको स्थानीय सरकारले पशु क्षेत्रलाई माथी उकास्न कृषि र किसानको हकमा पशु चिकित्सालयको शिलान्यास गरेको छ। २ करोड २६ लाखको लागतमा १ बर्षभित्र समपन्न हुने उक्त पशु अस्पतालबाट बलान बिहुल लगायत अन्य सिरहा तथा सप्तरीका कृषकहरु लाभान्वित हुने उद्देश्यले यो चिकित्सालय निर्माण गर्न लागेको गा.पा. अध्यक्ष यादवले बताएका छन। अध्यक्ष यादवको अनुसार हाम्रो पालिका किसानै किसानले भरिएको छ। पशु पालन बाट राम्रो आम्दानी आउने ठाँउ नै बन्द हुने स्थितिमा पुग्न लागेको छ। किसान पशु पाल्न छोडदै छ। दुध, माछा , माशुमा आत्मनिर्भर हुने हाम्रो ठाँउलाई ब्यबस्थित गर्न यी यस्ता धेरै काम हरु गर्दै युवाशक्तिलाई आफ्नै ठाँउमा रोजगारी सिर्जना गर्न लागेको बताएका छन। अध्यक्ष यादव यस बर्ष कृषि पशु क्षेत्र प्रति बढी गम्भीर रहेको बजेट भाषणमा हेर्न सकिन्छ।
प्रतिक्रिया दिनुहोस
सुखीपुरमा १९ करोड १५ लाखको लागतमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा, गुणस्तरीय स्वास्थ्य सेवाको अपेक्षा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved