सिलप्याक पानीको बोतलमा भेटियाे हानिकारक पदार्थ

  • भदौ १, २०८०
  • ८३० पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी/भदौ ०१ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वार्ड नं ७ जिमीरेभार स्थित"नेहा अक्वा "मिनिरल वाटरको सिल प्याक पानीको बोतलमा हानिकारक पदार्थ देखिएको छ । पाल्हिनन्दन गाउँपालिकाको वाड नं १ स्थित एक चिया पसलबाट सिल प्याक गरिएको " नेहा अक्वा “पानीको बोतल भित्र हानिकारक पदार्थ भेटिएको हाे । एक स्थानीयले सञ्चालन गरेको पसलबाट सिल प्याक पानीको बोतल भित्र हानिकारक पदार्थ भेटिएको छ । सञ्चालकले पानी पिउँन खोज्दा बोतलभित्र यस्तो पदार्थ फेला परेको हो । स्थानियले भने ‘म आफैँ पानी पिउने क्रममा बोतल भित्र हानिकारक पदार्थ भेटे,उनले म्याद कायम रहेको उक्त कम्पनीका नेहा अक्वा सिल प्याक पानीका बोतलमा हानिकारक पदार्थ भेटेको हो ।

सिल प्याक गरिएको पानीको बोतल भित्र हानिकारक जस्तो देखिने पदार्थ भेटिएपछि स्थानियले उपभोक्ताको स्वास्थ्य संग खेलवाड गरेको बताएका छन् । जिल्ला स्वास्थ्य कार्यालय, साना तथा घरेलु उद्योग कार्यालय र अन्य सरोकारवालाहरूले निगरानी राखेर हरेक पानीको वोतलहरुमा चेकजाँच गर्नु पर्ने स्थानीयको भनाई रहेको छ । नेपालमा सिल प्याक गरिएको खानेपानीको जार तथा मिनरल वाटर बोतलको गुणस्तरमाथि धेरै प्रश्न उठ्ने गरेको छ । सिल प्याक गरिएको भाँडामा लेऊ,हानिकारक पदार्थ,किरा लगायतका अखाद्य चीजहरु बेलाबेलामा भेटिने गर्दछ । बर्दघाट नगरपालिका जिमिरेभार स्थित नेहा अक्वा नामको पानीको बोतलमा हानिकारक जस्तो देखिने पदार्थ भेटेका हो ।

स्वच्छ खानेपानीका लागि आजभोलि जार तथा मिनरल वाटर बोतल किनेर खाने प्रचलन बढ्दो छ । तर स्वच्छ पानीका लागि भनेर बढी पैसा तिरेर खाने भएपनि बेलाबेलामा यस्तो पानीमा पनि किरा,हानिकारक जस्तो देखिने पदार्थहरु भेटिएका घटनाहरु पनि धेरै पटक सञ्चार माध्यममा आएका पनि सम्बन्धित निकायले चासो देखाएको छैन।

प्रतिक्रिया दिनुहोस

कपिलवस्तु प्राविधिक ...

कपिलवस्तु, माघ १७ । कपिलवस्तु मा २०५४ सालमा स्थापित कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा प्रशिक्षणरत पहि ...

सामाजिक उत्तरदायित्व ...

ओम प्रकाश यादव लहान, माघ १७ । सिरहा जिल्लाको लहान नगरपालिका वडा नं. ३ मा अवस्थित नाइटिङ्गेल स्कुलका ...

सिराहा–१ को चुनावी म ...

लहान माघ १७ । आसन्न निर्वाचनलाई लक्षित गर्दै सिराहा निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी गतिविधि तीव्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१