ताजा समाचार

जनतामावि पर्सापोखर्भिण्डाका प्रधानध्यापकले गरे करोडौंको भ्रष्टाचार, अभिभावकभेलामा कार्वाहीको माँग

  • साउन ३२, २०८०
  • ९८३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विष्णुदेव सरदार, लहान, श्रावण ३२ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर -२ मा रहेको श्री जनता डोमी चौधरी माध्यमिक विद्यालय (प्राविधिकधार)का प्रधानध्यापक पशुपति साहले १ करोडौं बढीको घटोला भ्रष्टाचार गरेको पाइएको छ। प्रधानध्यापक साहले नक्कली बील भर्पाई पेश गरि करोडौं रकम हिनामिना गरि भ्रष्टाचार गरेको छ। शनिबार बसेको गाउँलेहरुको भेलामा रकम हिनामिना हरहिसाब छानबिनमा १ करोड बढी भ्रष्टाचार गरेको खुलेको छ।

Open photo

लक्ष्मीपुर पतारी गाउँपालिकाको संघिय सरकारको बजेट तथा आन्तरिक आम्दानीको रकमले सामाग्री खरिद , भवन निर्माण ,पत्रपत्रिकामा विज्ञापन शुल्क , मोबाइल खरिद लगायत अनेकन शिर्षकहरुमा १ करोड ४ लाख ८८ हजार ५ सय २० रुपैयाँको अनियमितता गरि भ्रष्टाचारको आरोप लागेको छ। यो सँगै , सो गाउँलेहरुको भेलामा प्र.अ. साहले गरेको भ्रष्टाचारको रकम तत्काल विद्यालयको खातामा जम्मा गर्न आग्रह गर्दै यदि जम्मा गरेन भने - आफू गाउँलेहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा उजुरी दिन नपरोस् भनी छानबिन समितिका संयोजक इन्दु चौधरीले चेतावनी दिइएका छन् ।

Open photo

प्रतिबेदनमा सार्वजनिक भए अनुसार - समान खरिद पछि दाखिला खाता परिणाम तथ्यांक राख्नुपर्ने थियो तर स्टोरमा समान पनि छैन । न तदाखिलाका खाता रकम लाखौंलाख रुपैयाँ नगद तथा चेकमार्फत भुक्तानी भएको छ। प्राविधिक सामाग्रीहरु खरिदमा बजारमा पाउने मुल्यभन्दा ४ गुना बढी महंगो र गुणस्तरहीन सामाग्री किनेको तर त्यो सामाग्री कामै नलाग्ने २० वर्ष पुराना समान खरिद गरि रकम हिनामिना गरेको गाउँलेहरुको ठहर छ।

यो सँगै शनिबारको सो सार्वजनिक भेलामा पालिका अध्यक्ष चतुरान्नद ठाकुरले भने - मावि पर्सा पोखर्भिण्डामा व्यापक भ्रष्टाचार भएको छ। हामी सबै मिलेर यस्ता भ्रष्टाचारी पशुपति साहलाई कानुनी प्रक्रियाबाट कार्वाही गर्ने बताउनुभयो । अभिभावकहरुले पटकपटक प्र.अ. पशुपति साहलाई विद्यालयको हरहिसाब गर्न सार्वजनिक गर्न आग्रह आएका थिए। तर , प्रअ साहले अभिभावकहरुमा वास्तै गर्दै आएपछि हामी हरहिसाब सार्वजनिक गर्न पुरै समाज भेलागरि छानबिन समितिका संयोजक इन्दुनारायण चौधरी बताए ।

शनिबार सार्वजनिक भएको विद्यालयको प्रतिबेदन हेरेर गाउँपालिका अध्यक्ष चतुरान्न ठाकुरले भने - यसमा १ बढी भ्रष्टाचार भएको छ। हामी कानुनी प्रक्रियामा छिटै कार्वाही गर्ने बताए । सिस्टम अनुसार विद्यालयमा काम नगरिएको, सामाग्री खरिद प्रक्रियामा गुणस्तरहीन सामग्री खरिद , बिल नम्बर दाँज्दा बील नम्बर नमिल्ने अवस्थामा भ्रष्टाचार आँफै प्रष्ट हुदै गरेको बताउँछन् स्थानीय युवा तथा विद्यालय हरहिसाब समितिका सदस्य चन्द्रशेखर यादव ।

यता, विद्यालयका प्रधानध्यापक पशुपति साहले स्थानीयहरुको कुरालाई खण्डन गर्दै भने- आँफु नियमसँगत रुपमा काम गर्दै आएको छु। खर्च गरेको सबै लेखापरीक्षण समेत गराई सकेको छु। उनले भने - मैले यस विद्यालयमा दशकौंदेखि प्र. अ. को पद सम्हाल्दै आएको छु। हुन सक्छ हरहिसाबमा तलमाथि तर मेरो नियत साफ छ। अबदेखि इमानदारीपुर्वक काम गर्दै जाने बताए ।

प्रतिक्रिया दिनुहोस

रकमको बलमा सनाखत नाम ...

रन्जित चौरसिया वीरगंज २२ असोज । सनाखत नामसारीको कार्य गरेर बिवादित बनेका अधिकृत रामसुन्दर महतोको काल ...

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤