पर्सा जिल्लाको सीमा नाकाबाट खुल्यो तस्करीको लाइन, सशस्त्र प्रहरी प्रमुख मुकदर्शक

  • साउन ३०, २०८०
  • ८४५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बीरगंज ३० साउन। सीमा नाकाबाट बढ्दै गएको तस्करीको लाइन न्यूनीकरण गर्न जिम्मा पाएका सशस्त्र प्रहरी, आर्थिक प्रलोभनमा पर्न थालेपछि चोरी तस्करी न्यूनीकरण हुनुको साट्टो बढ्दै गएको आकलन गर्न थालिएको छ । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाले बिरगंजको शहरी क्षेत्र अर्थात बिरगंज भन्सार क्षेत्रमा निगरानी बढाएपनि जिल्लाको ग्रामिण क्षेत्रहरूबाट खुल्याम अबैध रकम असुल गरी चोरी तस्करीको लाइन चलाउने गरेको पाइएको हो ।

पर्सा जिल्लाको श्रीसिया, अमरपट्टी, धोरे, भिस्वा, आसवारीको नाकाहरूबाट अबैध रकम असुल गरी तस्करी धन्दालाइ बढावा दिएको आरोप लाग्न थालिएको छ । चोरी तस्करी न्यूनीकरणको सट्टा चोरी तस्करीलाइ बढावा दिनमा सशस्त्र प्रहरीकै हात हुने गरेको एक घटनाले उजागर पारेको छ । बिगत केहि दिन अगाडी ३ वटा पिकअपमा लोड रहेको केराउ र ३ पिकअपमा लोड रहेको मिठा बारे सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियालाइ सुचना आएपनि नियन्त्रणमा लिनुको साटो उल्टै स्थानीय प्रहरीलाइ सुचना दिएर भगाएको आरोप स्थानीय श्रोतले दाबि गरेका छन ।

पर्सा जिल्लाको ग्रामिण भेगमा पर्ने भिस्वा नाकाबाट हुने गरेको चोरी तस्करी बारे पटक पटक सशस्त्र प्रहरी उपरीक्षक थपलियालाइ सुचना दिएपनि नियन्त्रणमा लिनुको साटो उल्टै चोरी तस्करी गर्ने गिरोहलाइ सचेत गराउने गरेको, उनले दाबि गरे । चोरी तस्करी नियन्त्रण गर्नु मात्र प्रहरीको जिम्मेवारी नभएर एउटा सचेत नागरिकको हैसियतले हामि सबैको जिम्मेवारी भएपनि प्रहरी नै आर्थिक प्रलोभनमा परे पश्चात चोरी तस्करीको फस्टाउनु पनि स्वाभाविक हो, उनले थपे ।

भिस्वा नाकाबाट चोरी तस्करी नियन्त्रणको साट्टो फस्टाउदै जानुमा प्रमुख दोषी सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया रहेका छन भने चोरी तस्करीको रकम उठाउनमा प्रमुख दायित्व निर्वाह गर्दै आएका स्थानीय बोर्डर आउट पोस्ट रहेको बताइन्छ । भिस्वा नाकाबाट गर्ने गरेको चोरी तस्करी समुहले स्थानीय बोर्डर आउट पोस्ट लहावरथलरीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक केशव ओलियाको माध्यमले सशस्त्र प्रहरी उपरीक्षक थपलियाले रकम बुझने गरेको सशस्त्र प्रहरीकै कर्मचारीहरू बताउछन ।

पर्सा जिल्लाको ग्रामिण भेगबाट सशस्त्र प्रहरी नायब उपरीक्षक केशव ओलियाकै माध्यमले रकम उठने गरेको र सो रकमबाट भागबन्डा हुने गरेको श्रोतको दाबि रहेको छ । उनका अनुसार भागबन्डा ६०-४० हुने गरेको समेत दाबि गरे । बिगत केहि दिन अगाडी श्रीसिया नाका हुदै नेपाल भित्रिएको कपडा मकवानपुर जिल्लामा पक्राउ हुदा पर्सा जिल्लाबाट चोरी तस्करी नरोकिएको बारे प्रमानित भएको छ । यस सन्दर्भमा सम्बन्धित निकायको ध्यान जाने हो कि हेर्न बाकि नै रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

पर्साको श्रीसिया नाक ...

रन्जित चौरसिया वीरगंज ८ मंसिर । पर्सा जिल्लाको श्रीसिया नाका हुदै व्यापक रुपमा तस्करी फस्टाएपनि स्था ...

हिन्दु युवा शक्ति कप ...

धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तु जिल्लाकाे शिवराज नगरपालिका वडा नं ३ खारेन्द्रपुरमा आज हिन्दु युवा ...

प्राकृतिक प्रकोप बाट ...

रहमुल लहान ६ मंसिर सिरहा र सप्तरी जिल्लाका धगनढीमाई, लक्ष्मीपुर पतारी, सखुवानन्कारकट्टी, भगवानपुर, र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१