पत्रकारको आन्दोलनप्रति राष्ट्रिय मानवअधिकार आयोगको गम्भिर ध्यानाकर्षण

  • साउन ३०, २०८०
  • ७१४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, साउन ३० । सप्तरीको पत्रकारहरुको आन्दोलनप्रति राष्ट्रिय मानवअधिकार आयोगको गम्भिर ध्यानाकर्षण भएको छ । सप्तरीको राजविराजमा साउन १५ गते मानव अधिकारकर्मी तथा पत्रकार मनोहर पोखरेललाई जिल्ला प्रहरी कार्यालय परिसरमा भएको कुटपिटको घटना र जारी रहेको पत्रकारहरुको बिरोध कार्यप्रति आयोगको गम्भिर ध्यानाकर्षण भएको प्रेस विज्ञप्तीमार्फत जनाएको छ । घटनाको अनुसन्धानका लागि मधेश प्रदेश कार्यालयले स्वविवेकमा उजुरी ग्रहण गरेको अवस्था छ । राष्ट्रिय मानवअधिकार आयोगले जारी गरेको मानव अधिकार रक्षकसम्बन्धि मार्गनिर्देशिका २०६७ मा मानव अधिकार रक्षकहरुको संरक्षण र सुरक्षाको जिम्मेवारी राज्यले गर्नुपर्ने भनी उल्लेख छ ।

गृह मन्त्रालयले जारी गरेको मानव अधिकारकर्मीहरुको सुरक्षा र संरक्षणसम्बन्धी आदेश २०७७ मा मानव अधिकार हननका विषयमा राज्यका निकाय वा पदाधिकारीहरुले सूचना तथा जानकारी दिनुपर्ने ,जानकारी लिनुपर्ने क्रममा हुने आक्रमणबाट सारीरिक मानसिक वा आर्थिक क्षतिलाई रोक्न राज्यका सुरक्षा निकायबाट विशेष सतर्कता अपनाउने र क्षति पुर्याउने व्यक्ति वा पदाधिकारी विरुद्ध कानुन बमोजिम कारवाही चलाउने ब्यबस्था उल्लेख छ । त्यस्तै मानव अधिकार रक्षक सम्बन्धी संयुक्त राष्ट्रिय संघीय घोषणापत्र सन् १९९८ मा राज्यले मानव अधिकार रक्षकहरुको अधिकार संरक्षणको विशेष ब्यबस्था गर्नु पर्ने उल्लेख छ ।

मानव अधिकार उलंघन गर्दै सिंगो पत्रकारिता जगतलाई चुनौती दिँदै जिल्ला प्रशासन कार्यालय सप्तरीले जारी गरेको सूचना प्रेस स्वतन्त्रता विपरीत कार्य भएको हुनाले आन्दोलनरत पत्रकारहरुको अधिकारलाई स्थापित गराउनका लागि राष्ट्रिय मानवअधिकार आयोग केन्द्रिय कार्यालयको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । घटनामा सुक्षम अनुसन्धान गरी दोषीलाई कारबाहीको माग गर्दै भयरहित वातावरण निर्माणको लागि नेपाल सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस

सिराहा: भोलिदेखि सञ् ...

लहान — चैत, १८ गते । भोलि विहीवारबाट सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा एसईईलाई व्यवस्थित, अ ...

शुद्धोधन गाउँपालिकाम ...

कपिलवस्तु,चैत १८ । ​कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा युवतीहरूका लागि सुरक्षित र सहयोगी वातावरण सिर् ...

जलवायु मैत्री गाउँ प ...

रहमुल, लहान १७ चैत्र । जलवायु परिवर्तनका बढ्दो चुनौतीसँग जुध्दै दिगो कृषि प्रणाली विकास र किसान सशक् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१